Matra Education आइतबार, साउन १० २०८३

इक्यानको नवनिर्वाचित कार्यसमितिलाई युसिएको बधाई

इक्यानको नवनिर्वाचित कार्यसमितिलाई युसिएको बधाई

  • मात्र एजुकेशन
  • आइतबार, माघ ११ २०८२


काठमाडौँ- परामर्श व्यवसायको क्षेत्रमा नेपालको पहिलो बि टु बि कम्पनी युनि कन्सल्ट्यान्स अलायन्स (युसिए) ले नेपाल शैक्षिक परामर्श संघ नेपाल (इक्यान) का नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गरेको छ। आइतबार हात्तीसार स्थित हिमालय रेस्ट्रोमा आयोजित एक औपचारिक कार्यक्रमका बिच युसिएले सबैभन्दा ठुलो परामर्श व्यवसायी संघलाई बधाई तथा शुभकामना दिएको हो।

युसिएका अध्यक्ष रामशरण ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आयोजक संस्थाका निवर्तमान अध्यक्ष विनोदकुमार सुवेदी, बोर्ड सदस्यहरू इश्वर घिमिरे, उमाकान्त न्यौपाने, बालकृष्ण बिस्ट, सुवास विक्रम राई, त्रिलोचन अधिकारी र रामचन्द्र ओली उपस्थित थिए। त्यस्तै युसिएका सल्लाहकारहरू सहित अन्य सदस्यहरू उपस्थित रहेको कार्यक्रममा इक्यानको नवनिर्वाचित कार्यसमितिको समेत उपस्थिति रहेको थियो।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै युसिएकी प्रमुख कार्यकारी अधिकृत (सिइओ) रुवा खानले इक्यानको नयाँ कार्यसमिति सँग सहकार्यका लागि युसिए तयार रहेको बताइन्। उनले विश्वविद्यालय तथा परामर्श व्यवसायीलाई जोड्ने अर्थपूर्ण काम युसिएले गर्दै आएको उल्लेख गर्दै नेपाली विद्यार्थी र व्यवसायीको अधिकतम हितलाई केन्द्रमा राखिएको बताइन्।

कार्यक्रमलाई सम्बोधन गर्दै इक्यान अध्यक्ष पौडेलले सुन्दर कार्यक्रम आयोजना गरेको भन्दै युसिएलाई बधाई दिए। युसिएको स्थापनाकाल देखि नै आफू संस्था सँग परिचित रहेको भन्दै युसिएले देखिने गरी प्रगति गरिरहेको उनले बताए। इक्यानले पनि नेपाली विद्यार्थी र व्यवसायीहरूको हितमा काम गर्दै आएको उल्लेख गर्दै उनले भोलिका दिन युसिए सँग सहकार्यका लागि इक्यान तयार रहेको बताए।

कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष ढकालले इक्यान अध्यक्ष लक्ष्मण पौडेल ‘एन्ड्रयु’ लाई बधाई तथा शुभकामना पत्र हस्तान्तरण गरेका थिए। साथै संस्थाका कार्यसमितिमा निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई समेत सम्मान गरिएको थियो।

युसिए अध्यक्ष ढकालले इक्यानको नयाँ कार्यसमितिलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिए। युसिएको स्थापना, उद्देश्य र हालको अवस्था बारे जानकारी गराएका उनले युसिए नेपालकै पहिलो बि टु बि कम्पनी भएको उल्लेख गरे। यो विशुद्ध व्यावसायिक संस्थामा हाल ३० वटा संस्था आबद्ध भइसकेको र अरू पनि जोडिने क्रममा रहेको बताए। सहकार्यका लागि सबै शैक्षिक परामर्श व्यवसायीलाई आमन्त्रण गरेका उनले बजारको भन्दा तुलनात्मक रूपमा राम्रो प्रतिफल दिने प्रतिबद्धता गरे। लगानीकर्तालाई उच्च प्रतिफल दिनुपर्छ भन्ने आफूहरूको मान्यता रहेको भन्दै उनले युसिएले नयाँ व्यवसायीहरूलाई समेत सघाउने बताए। नेपाली लगानीकर्ताको कम्पनी भएकाले ढुक्कले सहकार्य गर्न आव्हान गरेका ढकालले उपस्थितिका लागि सबैलाई धन्यवाद दिँदै औपचारिक कार्यक्रम समापन गरे।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड