Matra Education आइतबार, साउन १० २०८३

इक्यान अध्यक्षमा लक्ष्मण पौडेल ‘एन्ड्रयु’ निर्वाचित, यी हुन् अन्य विजयी उम्मेदवारहरू

इक्यान अध्यक्षमा लक्ष्मण पौडेल ‘एन्ड्रयु’ निर्वाचित, यी हुन् अन्य विजयी उम्मेदवारहरू

  • मात्र एजुकेशन
  • सोमबार, पौस २८ २०८२


काठमाडौं- नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आज सम्पन्न निर्वाचनले आगामी कार्यकालका लागि लक्ष्मण पौडेल ‘एन्ड्रयु’ को नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ। प्रतिद्वन्द्वी दिपकराज भुसाललाई ८४ मतले पराजित गर्दै पौडेल अध्यक्ष निर्वाचित भएका हुन् । त्यस्तै तीन जना उपाध्यक्षमा वासुदेव दाहाल, विकल्पराज पोखरेल र गीता सिवाकोटी निर्वाचित हुँदा महासचिवमा भारी मतान्तर सहित भवनाथ हुमगाईँ निर्वाचित भए।

त्यस्तै सचिवमा सुरज सिलवाल र आसिक कार्की निर्वाचित हुँदा कोशाध्यक्षमा साधना पुडासैनी र सह कोशाध्यक्षमा गोविन्द खनाल निर्वाचित भए।

कार्यसमिति सदस्यहरूमा अनन्तराज घिमिरे, उद्धव वन, विवेक बस्नेत, दामोदर शर्मा, अशोक हात्ती, दिनेश पौडेल, सञ्जीव पाण्डे, शिव प्रसाद अर्याल र कमल प्रसाद तिमल्सिना निर्वाचित भएका छन् ।

अन्तिम मत परिणाम हेर्नुहोस्

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड