Matra Education आइतबार, साउन १० २०८३

इक्यान सह–कोषाध्यक्ष पदमा भीमबहादुर थापाले गरे उम्मेदवारी घोषणा

इक्यान सह–कोषाध्यक्ष पदमा भीमबहादुर थापाले गरे उम्मेदवारी घोषणा

  • मात्र एजुकेशन
  • सोमबार, पौस २१ २०८२


काठमाडौँ– नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आसन्न निर्वाचनका लागि भीमबहादुर थापाले सह–कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। उनले विगत एक दशकदेखि इक्यानका साधारण सभा तथा निर्वाचन प्रक्रियालाई नजिकबाट अवलोकन गर्दै आएको अनुभव उल्लेख गर्दै संस्थामा सक्रिय योगदान दिने उद्देश्यसहित सह–कोषाध्यक्ष पदमा उम्मेदवारी सार्वजनिक गरेका हुन्।

इक्यानको मूल्य, पारदर्शिता र लोकतान्त्रिक अभ्यासप्रति सधैँ गहिरो सम्मान राख्दै आएको बताउने थापाले अब केवल दर्शक नभई जिम्मेवारीसहित संस्थाको सेवा गर्न चाहेको बताएका छन्। सह–कोषाध्यक्ष पदमार्फत इक्यानको आर्थिक प्रणालीलाई थप सुदृढ, पारदर्शी र उत्तरदायी बनाउने उनको प्रतिबद्धता छ।

उम्मेदवार थापाले पारदर्शी आर्थिक व्यवस्थापन, केन्द्र र शाखाबिच प्रभावकारी समन्वय तथा दिगो आय–स्रोत विकासलाई आफ्ना प्रमुख एजेन्डाका रूपमा अघि सारेका छन्। निर्वाचित भएमा इमान्दारी, उत्तरदायित्व र समर्पणका साथ इक्यानको हितमा काम गर्ने उनले बताएका छन्।

अध्यक्षका उम्मेदवार एन्ड्रयु टिमको नेतृत्व र सुधारमुखी एजेन्डालाई पूर्ण समर्थन गर्दै थापाले सक्षम नेतृत्वमार्फत इक्यानलाई अझ सशक्त र शाखा–मैत्री संस्था बनाउने विश्वास व्यक्त गरेका छन्। आगामी निर्वाचनलाई लक्षित गर्दै सह–कोषाध्यक्ष पदका उम्मेदवार थापाले पारदर्शी, सक्षम र सदस्य–केन्द्रित इक्यानका लागि एन्ड्रयु टिमलाई समर्थन गर्न तथा आफूलाई अमूल्य मत दिन सम्पूर्ण सदस्यहरूलाई अपिल गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड