Matra Education आइतबार, साउन १० २०८३

क्रिकेटर शेर मल्ल बने गौतम एजुकेसन एन्ड भिसा सर्भिसेसका ब्रान्ड एम्बेसडर

क्रिकेटर शेर मल्ल बने गौतम एजुकेसन एन्ड भिसा सर्भिसेसका ब्रान्ड एम्बेसडर

  • मात्र एजुकेशन
  • आइतबार, पौस २० २०८२


काठमाडौँ – नेपाली क्रिकेटका उदीयमान युवा खेलाडी शेर मल्ल गौतम एजुकेसन एन्ड भिसा सर्भिसेसका ब्रान्ड एम्बेसडर नियुक्त भएका छन्। कम्पनीले शेर मल्लालाई आफ्नो ब्रान्ड प्रतिनिधिका रूपमा स्वागत गर्दै शिक्षा र वैदेशिक अवसरका क्षेत्रमा नयाँ सम्भावना सिर्जना गर्ने विश्वास व्यक्त गरेको छ।

ब्रान्ड एम्बेसडरको भूमिकामार्फत शेर मल्लाले संस्थासँग सहकार्य गर्दै अन्तर्राष्ट्रिय साझेदारी, महत्वाकांक्षी लक्ष्य र उज्ज्वल भविष्यतर्फ अग्रसर हुने अभियानलाई मजबुत बनाउने अपेक्षा गरिएको छ। गौतम एजुकेसन एन्ड भिसा सर्भिसेसले यस सहकार्यले युवाहरूलाई विश्वव्यापी शिक्षा तथा करियर अवसरतर्फ प्रेरित गर्ने विश्वास लिएको छ।

विदेश अध्ययनका लागि जान चाहने नेपाली विद्यार्थीहरूलाई स्तरीय भाषा कक्षा तथा परामर्श सेवा प्रदान गर्दै आएको गौतम एजुकेसन एन्ड भिसा सर्भिसेसले अस्ट्रेलिया, क्यानडा, अमेरिका, जापान लगायत थुप्रै गन्तव्य जाने विद्यार्थीहरूलाई भरपर्दो सेवा दिँदै आएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड