काठमाडौँ– नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आसन्न निर्वाचनका लागि भुपाल केसीले केन्द्रीय सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्। उनले इक्यानलाई व्यवसायीहरूको साझा घरका रूपमा चित्रण गर्दै संघभित्रका सम्पूर्ण सदस्यहरूलाई लक्षित गरी सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।
इक्यान एउटा संस्था मात्र नभई सम्पूर्ण शैक्षिक परामर्श व्यवसायीहरूको साझा पहिचान, पेसागत मर्यादा र भविष्यप्रतिको सामूहिक प्रतिबद्धता भएको केसीको भनाइ छ। संघभित्रको एकता, विश्वास र जिम्मेवारीलाई थप बलियो बनाउने उद्देश्यसहित आफू निर्वाचनमा होमिएको उनले बताएका छन्।
‘यहाँहरूको विश्वास, भरोसा र जिम्मेवारी—इक्यानमा मेरो उम्मेदवारी’ भन्ने मूल भावका साथ अघि बढेका केसीले सचिव पदमार्फत सदस्यहरूको आवाजलाई संस्थागत रूपमा मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। इक्यानलाई अझ व्यवस्थित, समावेशी र सदस्य–केन्द्रित बनाउँदै पेसागत मर्यादा संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्ने लक्ष्य रहेको उनले उल्लेख गरेका छन्।
आगामी निर्वाचनलाई लक्षित गर्दै केन्द्रीय सचिव पदका उम्मेदवार केसीले सम्पूर्ण इक्यान सदस्यहरूबाट विश्वास, साथ र समर्थनको अपेक्षा गरेका छन्। सदस्यहरूको सहयोगबाट इक्यानलाई अझ बलियो, एकताबद्ध र जिम्मेवार संस्थाका रूपमा अगाडि बढाउन सकिने विश्वास उनले व्यक्त गरेका छन्।