Matra Education आइतबार, साउन १० २०८३

इक्यान उपाध्यक्षका लागि बासु देव दाहालले गरे उम्मेदवारी घोषणा

इक्यान उपाध्यक्षका लागि बासु देव दाहालले गरे उम्मेदवारी घोषणा

  • मात्र एजुकेशन
  • शुक्रबार, पौस १८ २०८२


काठमाडौँ– नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आसन्न निर्वाचनका लागि बासु देव दाहालले केन्द्रीय उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। यही पौष २८ गते सम्पन्न हुन गइरहेको इक्यानको २०औँ साधारण सभा अन्तर्गत हुने केन्द्रीय निर्वाचनका लागि उनले आगामी कार्यकालमा उपाध्यक्ष पदमा औपचारिक उम्मेदवारी दिएका हुन्।

प्राञ्जल एजुकेसन कन्सल्टेन्सीका प्रबन्ध निर्देशक समेत रहेका दाहाल शैक्षिक परामर्श क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका अनुभवी व्यवसायी हुन्। शैक्षिक परामर्श व्यवसायको व्यावसायिक मर्यादा अभिवृद्धि, संस्थागत सुदृढीकरण तथा सदस्यहरूको साझा हित प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै उनले उपाध्यक्ष पदमा उम्मेदवारी दिएको बताएका छन्।

इक्यानलाई अझ व्यवस्थित, सक्षम र सदस्य–केन्द्रित संस्था बनाउने उद्देश्यसहित नेतृत्वमा योगदान पुर्‍याउन चाहेको दाहालको भनाइ छ। उनले संघभित्र सहकार्य, पारदर्शिता र उत्तरदायित्वलाई बलियो बनाउँदै सदस्यहरूको आवाजलाई प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

आगामी निर्वाचनलाई लक्षित गर्दै केन्द्रीय उपाध्यक्ष पदका उम्मेदवार दाहालले सम्पूर्ण इक्यान सदस्यहरूबाट साथ, सुझाव र विश्वासको अपेक्षा गरेका छन्। सदस्यहरूको सहयोग र समर्थनबाट इक्यानलाई अझ सशक्त र प्रभावकारी संस्थाका रूपमा अगाडि बढाउन सकिने विश्वास उनले व्यक्त गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड