काठमाडौँ– नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आसन्न निर्वाचनका लागि गोविन्द खनालले सह–कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। नयाँ वर्ष २०२६ को अवसर पारेर शुभकामना सन्देश जारी गर्दै उनले दिपक राज भुसाल नेतृत्वको टिमबाट सह–कोषाध्यक्ष पदमा औपचारिक उम्मेदवारी घोषणा गरेका हुन्।
इक्यानलाई अझ पारदर्शी, उत्तरदायी र आर्थिक रूपमा सुदृढ संस्था बनाउने लक्ष्यका साथ आफू निर्वाचनमा होमिएको खनालले बताएका छन्। आर्थिक अनुशासन, पारदर्शिता र सदस्य हितलाई प्राथमिकतामा राख्दै निष्ठापूर्वक जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।
सह–कोषाध्यक्षको भूमिकालाई संस्थाको आर्थिक विश्वसनीयता र सुशासनसँग प्रत्यक्ष रूपमा जोडिएको जिम्मेवारीका रूपमा लिँदै खनालले इक्यानको कोष व्यवस्थापनलाई थप व्यवस्थित, उत्तरदायी र भरोसायोग्य बनाउने लक्ष्य रहेको उल्लेख गरेका छन्। सदस्यहरूको हित संरक्षण र संस्थागत स्थायित्वका लागि आफू निरन्तर सक्रिय रहने उनको भनाइ छ।
आगामी निर्वाचनलाई लक्षित गर्दै सह–कोषाध्यक्ष पदका उम्मेदवार खनालले सम्पूर्ण इक्यान सदस्यहरूबाट विश्वास, सहयोग र अमूल्य मत प्रदान गर्न अपिल गरेका छन्। सदस्यहरूको साथ र समर्थनले आफ्नो जिम्मेवारी सफलतापूर्वक पूरा गर्न ठुलो प्रेरणा मिल्ने विश्वास उनले व्यक्त गरेका छन्।