Matra Education आइतबार, साउन १० २०८३

साधना पुडासैनीले गरिन् इक्यान कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा

साधना पुडासैनीले गरिन् इक्यान कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा

  • मात्र एजुकेशन
  • शुक्रबार, पौस १८ २०८२


काठमाडौँ– नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आसन्न निर्वाचनका लागि साधना पुडासैनीले केन्द्रीय कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी छन्। अङ्ग्रेजी नयाँ वर्ष २०२६ को अवसर पारेर शुभकामना सन्देश सार्वजनिक गर्दै उनले आगामी कार्यकालका लागि कोषाध्यक्ष पदमा औपचारिक उम्मेदवारी प्रस्तुत गरेकी हुन्।

इक्यानको आर्थिक पारदर्शिता, अनुशासन र संस्थागत मजबुतीलाई प्राथमिकतामा राख्दै पुडासैनीले कोषाध्यक्ष पदमा उम्मेदवारी दिएको बताएकी छन्। ‘सही व्यक्ति सही स्थान – भरोसायोग्य कोषाध्यक्ष’ भन्ने मूल नारासहित अघि बढेकी उनले इक्यानको कोष व्यवस्थापनलाई सुरक्षित, पारदर्शी र प्रभावकारी बनाउने स्पष्ट प्रतिबद्धता व्यक्त गरेकी छन्।

अनुभव, जिम्मेवारी बोध र स्पष्ट दृष्टिकोणका साथ काम गर्ने प्रतिबद्धता जनाउँदै पुडासैनीले संस्थाको आर्थिक प्रणालीलाई थप व्यवस्थित र विश्वासयोग्य बनाउने लक्ष्य रहेको बताइन्। पारदर्शी कोष व्यवस्थापनमार्फत इक्यानलाई अझ सशक्त, उत्तरदायी र दिगो संस्था बनाउने उनको धारणा छ।

आगामी निर्वाचनलाई लक्षित गर्दै कोषाध्यक्ष पदकी उम्मेदवार पुडासैनीले सम्पूर्ण इक्यान सदस्यहरूलाई आफ्नो विश्वास, सहयोग र साथ प्रदान गर्न अपिल गरेकी छन्। सदस्यहरूको सहयोगबाट इक्यानलाई अझ मजबुत र प्रभावकारी संस्थाका रूपमा अगाडि बढाउन सकिने विश्वास उनले व्यक्त गरेकी छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड