Matra Education आइतबार, साउन १० २०८३

नेक्सा र आइडिपि आइएलटिएस बिच सेवा सम्झौता

नेक्सा र आइडिपि आइएलटिएस बिच सेवा सम्झौता

  • मात्र एजुकेशन
  • बुधबार, पौस २ २०८२


काठमाडौँ – नेपाल शैक्षिक परामर्श सेवा संघ (नेक्सा) र आइडिपि आइएलटिएस बिच सेवा सम्झौता भएको छ। यस सम्झौता सँगै नेपालमा आइएलटिएस सेवाको पहुँच, पारदर्शिता र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने लक्ष्य लिइएको नेक्साले जनाएको छ।

सम्झौतामा आइडिपि आइएलटिएसका तर्फबाट वरिष्ठ व्यवसाय विकास प्रबन्धक महिमा राणा र दीप्स्नी खड्गी तथा नेक्साका अध्यक्ष सन्तोष खनालको उपस्थितिमा हस्ताक्षर गरिएको हो।

यो सम्झौताले आइएलटिएस परीक्षार्थीहरूको दर्ता प्रक्रिया र सम्बन्धित सेवामा सहजता ल्याउने, नेक्सा सदस्य परामर्शदाता र विद्यार्थीलाई व्यवस्थित तथा विश्वासिलो सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ।

नेक्साले यस सहकार्यलाई शैक्षिक परामर्श क्षेत्रलाई थप व्यावसायिक, उत्तरदायी र नैतिक बनाउने दिशामा महत्त्वपूर्ण कदमको रूपमा लिएको जनाएको छ। साथै, आइडिपि आइएलटिएस सँगको सहकार्यबाट देशभरका विद्यार्थी र सदस्य परामर्श संस्थाहरू लाभान्वित हुने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड