पोखरा- परामर्श व्यवसायको क्षेत्रमा नेपालको पहिलो बि-टु-बी कम्पनी युनि कन्सल्ट्यान्स अलायन्स (युसिए) को पार्टनर्स मिट सम्पन्न भएको छ। शुक्रवार पोखराको लेकसाइड स्थित साहरा होटेलमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा करिब ८० जना परामर्श व्यवसायीहरूको सहभागिता रहेको थियो।
युसिएका अध्यक्ष रामशरण ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रममा युसिएको बारे विस्तृत जानकारी दिइएको थियो।
युसिएकी ‘बिजनेस डेभलपमेण्ट म्यानेजर’ ज्योती थापाले संस्थाको समग्र पक्षबारे विशेष प्रस्तुतीकरण दिएकी थिइन् भने प्रश्नोत्तर सत्रमा सहभागीहरुले राखेका विभिन्न जिज्ञासा मेटाउने काम ‘चिफ अपरेसन अफिसर’ लिलाध्वज बस्नेतले गरेका दिए।
कार्यक्रमका सभापति तथा युसिएका अध्यक्ष रामशरण ढकालले संस्थाको स्थापना, हालसम्मका गतिविधि र उपलब्धिबारे जानकारी दिँदै भविष्यमा अझ प्रभावकारी कार्यक्रम ल्याउने प्रतिबद्धता जनाए। नेपाली व्यवसायीहरूले नै लगानी गरेर प्रतिफल समेत नेपालीलाई नै बाँड्ने भएकाले, यस्तै प्रकृतिका अन्य विदेशी संस्थाहरु भन्दा बढी प्रतिफल दिने भएकाले र व्यवसायीलाई चाहिने सबै सहयोग गर्ने भएकाले युसिए अरु भन्दा फरक भएको उनको भनाई थियो। साबि परामर्श व्यवसायीलाई ढुक्क भएर सहकार्य गर्न उनले अपिल गरे।

