Matra Education आइतबार, साउन १० २०८३

इक्यानको बहुगन्तव्य शैक्षिक मेला भोलि, सबै तयारी पुरा

इक्यानको बहुगन्तव्य शैक्षिक मेला भोलि, सबै तयारी पुरा

  • मात्र एजुकेशन
  • आइतबार, मंसिर २१ २०८२


काठमाडौँ- नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आयोजनामा सोमबार हुन लागेको ‘इक्यान बहुगन्तव्य शैक्षिक मेला’ को सबै तयारी पुरा भएको छ। भोलि बिहान १० बजे देखि साँझ ५ बजेसम्म एभरेस्ट होटल नयाँ बानेश्वरमा मेला आयोजना गरिएको हो। यस मेलाले नेपाल, भारत, बेलायत, अमेरिका, अस्ट्रेलिया, क्यानडा, युरोप लगायतका सयौँ विश्वविद्यालय र कलेजहरूलाई एकै स्थानमा ल्याउने इक्यानका कोषाध्यक्ष आशिक कार्कीले बताए।

अध्ययन र करियरका बारेमा जानकारी चाहने हजारौँ विद्यार्थीहरूलाई आकर्षित गर्ने लक्ष्य राखिएको यो शैक्षिक मेलामा विद्यार्थीहरूले छात्रवृत्ति अवसर, अन स्पट एडमिसन, पाठ्यक्रम तथा आवेदन सम्बन्धी परामर्श, भिसा मार्गदर्शनका साथै पढाइपछि रोजगारी अवसर र ग्लोबल माइग्रेशन बारे विस्तृत जानकारी पाउनेछन्।

निःशुल्क प्रवेश पाइने सो मेलामा अन्तरक्रियात्मक सत्र, स्पट असेस्मेन्ट तथा विश्वविद्यालय प्रतिनिधिहरूसँग प्रत्यक्ष संवादको अवसर उपलब्ध गराइने छ । ‘जिज्ञासा बाट प्रष्टता’ भन्ने नारा सहित इक्यानले यो शैक्षिक मेला आयोजना गर्न लागेको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड