Matra Education आइतबार, साउन १० २०८३

रानीपोखरी प्रहरी कार्यालय मर्मत गर्ने नेक्सालाई प्रहरीको सम्मान

रानीपोखरी प्रहरी कार्यालय मर्मत गर्ने नेक्सालाई प्रहरीको सम्मान

  • मात्र एजुकेशन
  • शनिबार, कार्तिक २९ २०८२


काठमाडौँ– नेपाल शैक्षिक परामर्श सेवा संघ (नेक्सा) लाई नेपाल प्रहरीले प्रशंसा–पत्र प्रदान गरेको छ। जेन्जी आन्दोलनका क्रममा क्षतिग्रस्त काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीको भवन मर्मत र रंगरोगन गरिदिएर नेक्साले पुर्‍याएको योगदानका लागि यो सम्मान दिइएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँले प्रदान गरेको प्रशंसा–पत्रमा नेक्साले समुदाय र सुरक्षाबिचको समन्वय, समझदारी र साझेदारी बढाउन गरेको योगदानको उच्च कदर गरिएको उल्लेख छ। समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सुरक्षाको भावना मजबुत बनाउन सहयोग गर्ने संस्थाहरूलाई प्रहरीले नियमित रूपमा सम्मान गर्दै आएको छ।

स्थापनाको केही समयमै नेक्साले यो महत्त्वपूर्ण कार्य सम्पन्न गरेको थियो। नेपाल प्रहरीले नेक्सालाई आगामी दिनमा पनि सामाजिक तथा सुरक्षामूलक गतिविधिहरूमा निरन्तर साथ र सहयोग गर्न अनुरोध गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड