काठमाडौँ- शैक्षिक परामर्श प्रदायक संस्था क्लाउड एजुकेसन एन्ड भिसा सर्भिसेज नेपाल प्रिमियर लिग (एनपिएल) सिजन-२ को साबिक विजेता जनकपुर बोल्ट्सको ‘कन्सल्टेन्सी पार्टनर’ बनेको छ। बुधवार साँझ दुसित प्रिन्सेस होटेलमा आयोजित एक समारोहमा यस सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरिएको हो।
जनकपुर बोल्ट्सका तर्फबाट ‘जनरल म्यानेजर’ निरोज खतिवडा र क्लाउड एजुकेसनका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिश गौतमले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। जनकपुरमा क्लाउड आधिकारिक हेलमेट प्रायोजकको रूपमा जोडिएको हो।
हस्ताक्षर पश्चात् क्लाउडका सिइओ गौतमले एक सिजनका लागि मात्रै नभई दीर्घकालीन सोचका साथ बोल्ट्स सँग जोडिएको बताए। उनले नेपालका युवाहरूमा ठुलो सम्भावना रहेको उल्लेख गर्दै शिक्षा र खेलकुद सँगै जानुपर्नेमा जोड दिए। क्लाउडलाई वर्षौं देखि थुप्रै विद्यार्थी अभिभावकले विश्वास गरेको हुँदा आफूहरूले पनि समुदायका लागि केही गर्नुपर्छ भन्ने लक्ष्यका साथ एनपिएलमा जोडिएको उनले बताए।
जनकपुर बोल्ट्सले समेत यो सहकार्य आगामी सिजनहरूमा पनि कायम राख्ने भन्दै क्लाउड सँग जोडिन पाएकोमा खुसी व्यक्त गरेको छ।
कस्तो संस्था हो क्लाउड एजुकेसन ?
सन् २०१९ मा अस्ट्रेलियाको सिड्नीस्थित क्याम्प्सीमा स्थापना गरिएको क्लाउड एजुकेसन एन्ड भिसा सर्भिसेज अहिले विश्वव्यापी रूपमा परिचित शैक्षिक परामर्श संस्था बनेको छ। मुख्य कार्यालय सिड्नी सिबीडीको पिट स्ट्रिटमा रहेको यस संस्थाले अस्ट्रेलियाका प्रतिष्ठित विश्वविद्यालयहरूको आधिकारिक प्रतिनिधित्व गर्दै विद्यार्थीहरूलाई अध्ययन, भिसा र आप्रवासनका विषयमा परामर्श प्रदान गर्दै आएको छ। हाल संस्थाले आफ्नो सेवाको दायरा विस्तार गर्दै काठमाडौँ सहित नेपालका प्रमुख सहरहरूमा कार्यालय स्थापना गरेको छ। अनुभवी टोली र व्यावसायिक सेवा मार्फत विद्यार्थीहरूलाई अस्ट्रेलियामा अध्ययनको सपनालाई सहज र विश्वासिलो बनाउने लक्ष्यका साथ क्लाउड एजुकेसन एन्ड भिसा सर्भिसेजले विश्वसनीय र गुणस्तरीय परामर्श संस्था रूपमा पहिचान बनाउँदै आएको छ।
अस्ट्रेलिया, युके, अमेरिका, न्युजिल्यान्ड जस्ता देशहरूमा अध्ययन गर्न जान चाहने हजारौँ नेपाली विद्यार्थीहरूको सपनाको सारथि बनिसकेको छ क्लाउड एजुकेसन।