Matra Education आइतबार, साउन १० २०८३

युसिएले आयोजना गरेको शैक्षिक परामर्शदाताहरूको भेला बुटवलमा सम्पन्न

युसिएले आयोजना गरेको शैक्षिक परामर्शदाताहरूको भेला बुटवलमा सम्पन्न

  • मात्र एजुकेशन
  • सोमबार, कार्तिक २४ २०८२


बुटवल– परामर्श व्यवसायको क्षेत्रमा नेपालको पहिलो बि-टु-बि कम्पनी युनि कन्सल्ट्यान्स अलायन्स (युसिए) ले लुम्बिनी प्रदेशको बुटवलमा शैक्षिक परामर्शदाताहरूको भेला सम्पन्न गरेको छ। बुटवल, भैरहवा, खैरेनी र सुनवल क्षेत्रका करिब एक सयभन्दा बढी परामर्शदाता संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको उक्त भेलामा परामर्श व्यवसायको वर्तमान अवस्था, चुनौती र अवसरबारे विस्तृत छलफल गरिएको थियो।

कार्यक्रममा युसिएका अध्यक्ष रामशरण ढकालले संस्थाको उद्देश्य र आगामी योजनाबारे जानकारी दिँदै युसिएले विदेशका प्रतिष्ठित शैक्षिक संस्था तथा विश्वविद्यालयहरूसँग सहकार्य गर्दै परामर्श व्यवसाय क्षेत्रका लागि साझेदारीको पुलको रूपमा काम गरिरहेको बताए। उनले परामर्श सेवालाई थप व्यवस्थित र स्तरीय बनाउन युसिए प्रतिबद्ध रहेको उल्लेख गर्दै विदेशी संस्थासँगको सहकार्यलाई सहज बनाउन युसिएले मध्यस्थकर्ता र सहजकर्ताको भूमिका खेलिरहेको बताए।

त्यसैगरी, युसिएका चिफ अपरेसन अफिसर लिलाध्वज बस्नेतले परामर्श व्यवसाय क्षेत्रका चुनौती र अवसरबारे प्राविधिक प्रस्तुति दिएका थिए। उनले क्षेत्रलाई कसरी अझ व्यावसायिक र विश्वसनीय बनाउन सकिन्छ भन्ने विषयमा सुझाव प्रस्तुत गरे। युसिएका प्रवर्द्धक तिलक पाण्डे र स्थानीय व्यवसायी टंक पन्थीले कार्यक्रमको सहजीकरण गरेका थिए। कार्यक्रममा युसिएका अन्तर्राष्ट्रिय विभाग प्रमुख इश्वर घिमिरेले विदेशी शैक्षिक संस्थासँगको सहकार्यलाई पारदर्शी र प्रभावकारी बनाउने युसिएको लक्ष्य रहेको बताए।

कार्यक्रम युसिए अध्यक्ष रामशरण ढकालको अध्यक्षता र अन्तर्राष्ट्रिय विभाग प्रमुख इश्वर घिमिरेको स्वागत मन्तव्यका साथ सम्पन्न भएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड