काठमाडौँ – टाईम्स एजुकेशनल कन्सल्टेन्सीले बुटवलमा आफ्नो नयाँ शाखा स्थापना गर्ने तयारी गरेको छ। पोखराको चिप्लेढुङ्गामा केन्द्रीय कार्यालय रहेको यस कन्सल्ट्यान्सीको पहिलो शाखा काठमाडौँको पुतलीसडकस्थित शंकरदेव चोकमा सञ्चालनमा छ भने दोस्रो शाखा बुटवलको ट्राफिक चोकमा छिट्टै सञ्चालनमा आउने भएको हो।
संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया, बेलायत, फ्रान्सलगायतका देशमा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई सहयोग गर्दै आएको टाईम्स एजुकेशनल कन्सल्टेन्सी अब बुटवल तथा आसपासका क्षेत्रका विद्यार्थीलाई पनि नजिकैबाट सेवा उपलब्ध गराउने जनाएको छ। बुटवल शाखाका निर्देशक विशाल बरालका अनुसार, नयाँ शाखाबाट विदेश अध्ययनका साथै आइएलटीएस, पिटिई र फ्रेन्च भाषा कक्षा पनि सञ्चालन गरिनेछ।
उद्घाटनको अवसरमा पहिलो साताभित्र भर्ना हुने विद्यार्थीहरूलाई सबै भाषा कक्षाहरू निःशुल्क प्रदान गरिने सुवेदीले जानकारी दिए। शाखाका व्यवस्थापक विशाल बरालले बुटवल शाखाले पनि विद्यार्थीको रुचि, लक्ष्य र आवश्यकता अनुसार परामर्श सेवा उपलब्ध गराउने बताए। उनका अनुसार, विदेशमा अध्ययनपछि प्राप्त ज्ञान र सीपलाई देश विकासमा योगदान पुर्याउन विद्यार्थीलाई नेपाल फर्काउने अभियान पनि कन्सल्टेन्सी निरन्तर सञ्चालन गरिरहेको छ।