काठमाडौँ– बेलायतमा उच्च शिक्षा प्राप्त गर्न इच्छुक नेपाली विद्यार्थीका लागि प्रत्यक्ष जानकारी प्रदान गर्ने उद्देश्यले राइटपाथ करियर काउन्सेलिङले आयोजना गरेको ‘युके युनिभर्सिटी कनेक्ट २०२५’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
पुतलीसडकस्थित संस्थाको प्रधान कार्यालयमा सम्पन्न कार्यक्रममा बेलायतका २० भन्दा बढी विश्वविद्यालयका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा ५०० भन्दा बढी विद्यार्थीहरूले सहभागिता जनाएका थिए। विद्यार्थीहरूले विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष संवाद गर्दै पाठ्यक्रम, भिसा प्रक्रिया, छात्रवृत्ति अवसर र प्रवेशसम्बन्धी जानकारी प्राप्त गरे।
राइटपाथका अनुसार, ‘युके युनिभर्सिटी कनेक्ट २०२५’ ले विद्यार्थीहरूलाई बेलायती उच्च शिक्षाको प्रणालीबारे प्रत्यक्ष बुझ्ने अवसर प्रदान गरेको छ। कार्यक्रममार्फत विद्यार्थीहरूले आफ्नो शैक्षिक लक्ष्य र उपयुक्त विश्वविद्यालय छनोटबारे स्पष्ट सल्लाह पाएको बताइएको छ।
राइटपाथ करियर काउन्सेलिङले हाल देशभरका शाखामार्फत बेलायतसहित अस्ट्रेलिया, क्यानडा, न्युजिल्यान्ड, अमेरिका, माल्टा र युएईका लागि शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको छ।
