काठमाडौँ – युरोप अध्ययनका लागि अवसर खोजिरहेका नेपाली विद्यार्थीहरूका लागि आइडिबि ग्लोबल सर्भिसेसले आयोजना गरेको ‘ग्रान्ड युरोप एडमिसन डे’ आज भव्य रूपमा सम्पन्न भएको छ। न्यु प्लाजा स्थित संस्थाको प्रधान कार्यालयमा बिहान १० बजेबाट सुरु भएको कार्यक्रममा विद्यार्थीहरूको उत्साहपूर्ण सहभागिता रह्यो।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले युरोपका प्रतिष्ठित विश्वविद्यालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष संवाद गर्दै अध्ययन अवसर, प्रवेश प्रक्रिया र छात्रवृत्तिबारे विस्तृत जानकारी प्राप्त गरे। त्यस्तै, एक–एक गरी व्यक्तिगत परामर्श सत्रमा सहभागी हुँदै आफ्ना रुचि र लक्ष्यअनुसार अध्ययन गन्तव्य चयनका लागि सल्लाह पाएका थिए।
कार्यक्रमको विशेष आकर्षणका रूपमा फिनल्यान्डको ‘युनिभर्सिटी अफ भाषा’ का एसिया क्षेत्रीय सल्लाहकार बिर्जु पटेलले युरोपमा उच्च शिक्षा अध्ययनका अवसर, चुनौती र तयारीका विषयमा जानकारीमूलक प्रस्तुति दिएका थिए।
आइडिबि ग्लोबलका प्रबन्ध निर्देशक इश्वर घिमिरेले कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई धन्यवाद दिँदै भने, “युरोपमा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीका लागि यो कार्यक्रमले ठोस मार्गदर्शन गरेको छ। आइडिबि ग्लोबलले आगामी दिनमा पनि यस्ता उपयोगी कार्यक्रम निरन्तर आयोजना गर्दै जानेछ।”
आयोजकका अनुसार, कार्यक्रममा सहभागी विद्यार्थीहरूले आवेदन प्रक्रिया, विश्वविद्यालय छनोट र छात्रवृत्ति अवसरबारे थप स्पष्टता पाएका छन्।
