काठमाडौँ– युरोप अध्ययनका लागि अवसर खोजिरहेका विद्यार्थीहरूका लागि आइडिबि ग्लोबल सर्भिसेसले आगामी नोभेम्बर ५ का दिन ‘ग्रान्ड युरोप एडमिसन डे’ आयोजना गर्ने भएको छ। कार्यक्रम बिहान १० बजेबाट आइडिबि ग्लोबलको मुख्य कार्यालय, न्यु प्लाजा रोड, पुतलीसडकमा सुरु हुनेछ।
यस कार्यक्रममार्फत विद्यार्थीहरूले युरोपका शीर्ष विश्वविद्यालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष भेटघाट गर्ने, उच्च छात्रवृत्तिबारे जानकारी प्राप्त गर्ने, साथै एक–एक गरी व्यक्तिगत परामर्श सत्रमा सहभागी हुने अवसर पाउने छन्। आयोजकका अनुसार, कार्यक्रममा फिनल्यान्डको प्रसिद्ध ‘युनिभर्सिटी अफ भाषा’ का एसिया क्षेत्रीय सल्लाहकार बिर्जु पटेलले विशेष सत्र सञ्चालन गर्नेछन्। त्यस्तै युरोपका अन्य प्रतिष्ठित विश्वविद्यालयहरूका प्रतिनिधिहरूको समेत सहभागिता रहनेछ।
आइडिबिका प्रबन्ध निर्देशक इश्वर घिमिरेका अनुसार यो कार्यक्रमले अन्तर्राष्ट्रिय अध्ययन यात्रा तय गर्न चाहने विद्यार्थीहरूका लागि सुनौलो अवसर प्रदान गर्नेछ। इच्छुक विद्यार्थीहरूले कार्यक्रममा सहभागी हुनका लागि क्युआर कोड स्क्यान गरेर दर्ता गर्न सक्ने व्यवस्था गरिएको उनले जानकारी दिए।