काठमाडौँ — ७०औँ प्रहरी दिवस २०८२ को अवसरमा शुक्रवार आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा नेपाल शैक्षिक परामर्श सेवा संघ (नेक्सा) का अध्यक्ष सन्तोष खनाल, प्रथम उपाध्यक्ष आशिष कुँवर र सचिव के.बी. श्रेष्ठलाई सम्मान गरिएको छ।
उक्त सम्मान नेक्साले जेन्जी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको रंगरोगन तथा मर्मत कार्य सम्पन्न गरेकामा प्रदान गरिएको हो।
सम्मान ग्रहण पश्चात् संघका पदाधिकारीहरूले प्रहरी महानिरीक्षक (आइजिपी) चन्द्रकुबेर खापुङ र अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्की सँग भेटघाट गर्दै संस्थाको तर्फबाट गरिएको सहयोगबारे जानकारी गराएका छन्।
सो कार्य नेक्साका सचिव के.बी. श्रेष्ठको नेतृत्वमा सम्पन्न गरिएको थियो। उक्त मर्मत र रंगरोगन कार्यका लागि नेक्साका सदस्यहरू तथा अन्य सहयोगीहरूबाट जम्मा १४ लाख ७१ हजार ९९२ रुपैयाँ सहयोग प्राप्त भएको र बाँकी रकम संस्थाकै तर्फबाट व्यहोरीएको बताइएको छ।