Matra Education आइतबार, साउन १० २०८३

आसन्न चाडपर्वहरूको अवसरमा युसिएको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

आसन्न चाडपर्वहरूको अवसरमा युसिएको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

  • मात्र एजुकेशन
  • शुक्रबार, असोज ३१ २०८२


काठमाडौँ- परामर्श व्यवसायको क्षेत्रमा नेपालको पहिलो बि-टु-बी कम्पनी युनि कन्सल्ट्यान्स अलायन्स (युसिए) को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। शुक्रवार संस्थाको पुतलीसडक स्थित कार्यालयमा आयोजित एक औपचारिक कार्यक्रम मार्फत संस्थाले आफ्ना सदस्यहरू, शुभचिन्तकहरू सहित सम्पूर्ण नेपालीहरूलाई शुभकामना दिएको हो।

युसिएले भर्खरै सकिएको दसैँ, आउँदै गरेको तिहार, छठ, नेपाल संवत् लगायतका पर्वहरूको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको थियो। युसिए अध्यक्ष रामशरण ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्व अध्यक्ष विनोद कुमार सुवेदी, सिद्धार्थ बैंकका प्रतिनिधिहरू, संस्थाको वर्तमान कार्यसमितिका सदस्यहरू, सल्लाहकारहरू, विभिन्न विदेशी शैक्षिक संस्थाका प्रतिनिधिहरू, विभिन्न क्षेत्रका आमन्त्रित अतिथिहरू तथा युसिए सदस्यहरूको उपस्थिति रहेको थियो।

जेन्जी आन्दोलनमा दिवङ्गत भएका शहीदहरूको सम्झनामा एक मिनेट मौन धारण गर्दै सुरु भएको कार्यक्रमले औपचारिकता पाए सँगै घाइतेहरूको स्वास्थ्य लाभको कामना र देशभर शान्तिको कामना गरिएको थियो। संस्थाले यी चाडपर्वहरूले नेपालीहरू बिच आपसी सद्भाव, एकता र भ्याइचाहरा कायम गर्ने विश्वास लिएको बताएको छ।

चाडपर्वहरूको अवसरमा आयोजित कार्यक्रम भएकाले कम औपचारिक गर्ने प्रयास युसिएले गरेको थियो। उपस्थितहरू मध्ये करिब २५ जना वक्ताहरूले शुभकामना दिएका थिए। उनीहरू सबैले शान्ति, सद्भाव र एकताको कामना गरे।

कार्यक्रमका सभापति तथा युसिए अध्यक्ष ढकालले विगतका वर्षहरूमा भव्य कार्यक्रम आयोजना गरेर शुभकामना आदानप्रदान गर्ने गरेको स्मरण गर्दै यो पटक देशको परिस्थितिका कारण सामान्य रूपमा मात्रै गरिएको बताए। युसिएले गरिरहेका काम र अबका योजना बारे संक्षिप्त चर्चा समेत गरेका उनले युसिएका तर्फबाट देश विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गरे।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड