Matra Education आइतबार, साउन १० २०८३

जेन्जी आन्दोलनका शहीदहरूको सम्मानमा फेकनको दीप प्रज्वलन

जेन्जी आन्दोलनका शहीदहरूको सम्मानमा फेकनको दीप प्रज्वलन

  • मात्र एजुकेशन
  • सोमबार, भाद्र ३० २०८२


काठमाडौँ- परामर्श व्यवसायीहरूको छाता संगठन स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) ले जेन्जी आन्दोलनमा वीरगति प्राप्त गरेकाहरूको सम्मानमा दीप प्रज्वलन गरेको छ। आइतबार साँझ करिब १५० फेकन सदस्य परामर्श व्यवसायीहरू पुतलीसडक स्थित शंकर देव क्याम्पस नजिक चोकमा जम्मा भएर मृत आत्माको चिर शान्तिको कामना गरेका हुन्।

संस्थाले दीप प्रज्वलन सहित देशमा शान्ति र स्थायित्व छाओस् भन्ने कामना पनि गरेको छ। घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको र शोक सन्तप्त परिवारजन प्रति समवेदना पनि प्रकट गरिएको फेकन सचिव राजकुमार ढकालले जानकारी दिए।

गत भदौ २४ र २५ गते भएको जेन्जी आन्दोलनका क्रममा अहिले सम ७१ जनाले ज्यान गुमाएको पुष्टि भएको छ भने सयौँ घाइते छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड