Matra Education आइतबार, साउन १० २०८३

लुम्बिनी प्रदेशमा रोकिएको परामर्श संस्था दर्ता प्रक्रिया अघि बढाउन नेक्साको ज्ञापन पत्र

लुम्बिनी प्रदेशमा रोकिएको परामर्श संस्था दर्ता प्रक्रिया अघि बढाउन नेक्साको ज्ञापन पत्र

  • मात्र एजुकेशन
  • शनिबार, भाद्र ७ २०८२


रुपन्देही – लामो समयदेखि रोकिएको शैक्षिक परामर्श तथा भाषा शिक्षण संस्थाहरूको दर्ता प्रक्रियालाई अघि बढाउन नेपाल शैक्षिक परामर्श सेवा संघ (नेक्सा) ले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेलाई ज्ञापन पत्र बुझाएको छ। उक्त ज्ञापन पत्र नेक्साका सचिव खिलबहादुर श्रेष्ठ र सदस्य विवश शमशेर कुँवरले संयुक्त रूपमा शुक्रवार बुझाएका हुन्।

यसअघि २०८२ साउन ३० गते प्रकाशित सूचनामार्फत सात दिनभित्र सम्पूर्ण आवश्यक कागजात बुझाउन आग्रह गरिएको थियो। तर, प्रक्रिया लामो समयदेखि स्थगित हुँदै आएको भन्दै नेक्साले सक्रिय पहल थालेको हो।

ज्ञापन पत्र बुझाउने कार्यक्रममा लुम्बिनी प्रदेश सांसद तुलसीराम चौधरीले प्रदेश सरकारको तर्फबाट स्पष्ट प्रतिबद्धता जनाउँदै दर्ता प्रक्रिया छिट्टै पुनः सुरु गरिने आश्वासन दिए।

त्यसैगरी, प्रमुख जिल्ला अधिकारी डा. पाण्डेले रुपन्देहीका सम्पूर्ण शैक्षिक परामर्श संस्थाहरूलाई सरकारी नियम र दिशानिर्देश अनुसार सञ्चालन गर्न आग्रह गर्दै त्यसका लागि समर्थन र सराहना गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले नियम उल्लंघन गर्ने संस्थामाथि कडा कारबाही गरिने चेतावनी पनि दिए।

प्रदेश सरकारको प्रतिबद्धता र जिल्ला प्रशासनको सक्रिय सहयोगले दर्ता प्रक्रिया पारदर्शी र समयमै सम्पन्न हुने अपेक्षा नेक्साले गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड