Matra Education सोमबार, साउन ११ २०८३

फेकनको तिज विशेष कार्यक्रम सम्पन्न

फेकनको तिज विशेष कार्यक्रम सम्पन्न

  • मात्र एजुकेशन
  • शुक्रबार, भाद्र ६ २०८२


काठमाडौँ – परामर्श व्यवसायीहरूको छाता संगठन स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) ले तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ। हिजो बिहीबार दरबारमार्ग स्थित कासा लाउञ्जमा आयोजित कार्यक्रममा विभिन्न विदेशी कलेज तथा शिक्षण संस्थाका प्रतिनिधिहरू, फेकनका साझेदार संस्था तथा अन्य परामर्श व्यवसायी संघका प्रतिनिधिहरू अतिथिका रूपमा उपस्थित थिए।

कार्यक्रममा करिब ९० जना फेकन सदस्य परामर्श व्यवसायीहरूले सहभागिता जनाएका थिए। शुभकामना आदानप्रदान, सांस्कृतिक नाचगान र खानपिन कार्यक्रमको मुख्य आकर्षण बनेका थिए।

फेकनले यस्तो सांस्कृतिक कार्यक्रममार्फत सदस्यबिच आपसी सञ्जाल बलियो बनाउने र समुदायमा सहयोग तथा सद्भाव बढाउने उद्देश्य राखेको बताएको छ।

तस्बिर सौजन्य: कासा लाउन्ज

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड