Matra Education आइतबार, साउन १० २०८३

शिक्षा मन्त्रालयमा नवीकरण भएका कन्सल्टेन्सी ७२० मात्रै, अन्य संस्थामा नजान सेवाग्राहीलाई अनुरोध

शिक्षा मन्त्रालयमा नवीकरण भएका कन्सल्टेन्सी ७२० मात्रै, अन्य संस्थामा नजान सेवाग्राहीलाई अनुरोध

  • मात्र एजुकेशन
  • बुधबार, भाद्र ४ २०८२


काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चालु आर्थिक वर्ष २०८१/८२ का लागि ७२० वटा शैक्षिक परामर्श सेवा प्रदायक संस्थाको मात्र नवीकरण भएको जनाएको छ। एक सूचना जारी गर्दै मन्त्रालय अन्तरगतको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाले सेवाग्राहीलाई यिनै नवीकरण भएका संस्थाबाट मात्र शैक्षिक परामर्श सेवा लिन आग्रह गरेको हो।

शैक्षिक परामर्श सेवा, भाषा शिक्षण कक्षा, तयारी कक्षा, ब्रिज कोर्स सञ्चालन तथा परीक्षा लिन अनुमति पाएका संस्थामध्ये नवीकरण प्रक्रिया पूरा गरेका संस्थाको सूची सार्वजनिक गरिएको हो।

यदि सार्वजनिक सूचीमा कुनै संस्था छुट वा विवरण फरक परेमा तोकिएको मितिले १५ दिनभित्र प्रमाणीकरण शाखामा प्रमाणपत्रसहित जानकारी दिन सकिने पनि मन्त्रालयले स्पष्ट पारेको छ।

मन्त्रालयले अभिभावक, विद्यार्थी तथा सेवाग्राही सबैलाई वैधानिक रूपमा नवीकरण भएका संस्थामार्फत मात्र परामर्श सेवा लिन विशेष आग्रह गरेको छ।

नवीकरण भएकाहरुको सुची हेर्नुहोस्:

 

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड