Matra Education आइतबार, साउन १० २०८३

स्वर्गीय धिरज श्रेष्ठको परिवारलाई नेक्साको ५०,००० सहयोग

स्वर्गीय धिरज श्रेष्ठको परिवारलाई नेक्साको ५०,००० सहयोग

  • मात्र एजुकेशन
  • शुक्रबार, साउन ३० २०८२


काठमाडौँ – नेपाल शैक्षिक परामर्श सेवा संघ (नेक्सा) ले केही समय अघि असामयिक निधन भएका सिड्नी सिटी कलेज अफ म्यानेजमेन्टमा कार्यरत धिरज श्रेष्ठको परिवारलाई आर्थिक सहयोग गरेको छ। संस्थाले आज आफ्नो उद्घाटन समारोहकै अवसरमा ५०,००० रुपैयाँको चेक प्रदान गरेको हो।

परिवार र साथीहरूले आर्थिक सहायता संकलन गरिरहेको अवस्थामा नेक्साले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत रु ५०,००० सहयोग गर्ने निर्णय गरेको थियो। शुक्रवार धुम्बाराही स्थित होटेल स्मार्टमा आयोजित नेक्साको भव्य उद्घाटन समारोहमा संघका कोषाध्यक्ष सन्दीप तिवारीले उक्त सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन्।

सो अवसरमा नेक्सा अध्यक्ष सन्तोष खनालले नेक्साले केवल व्यावसायिक उद्देश्यका लागि मात्र नभई सामाजिक उत्तरदायित्व बहन गर्ने संस्थाको रूपमा पनि काम गर्ने बताए। उनले दुखको क्षणमा थोरै भए पनि साथ दिएर संस्थाले आफ्नो दायित्व निभाएको बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड