Matra Education आइतबार, साउन १० २०८३

एक्टिभ सिनर्जी कन्सल्टेन्टसको पार्टनर्स मिट एण्ड ग्रिट सम्पन्न

एक्टिभ सिनर्जी कन्सल्टेन्टसको पार्टनर्स मिट एण्ड ग्रिट सम्पन्न

  • मात्र एजुकेशन
  • शनिबार, साउन १७ २०८२


काठमाडौँ- बागबजार स्थित एक्टिभ सिनर्जी कन्सल्टेन्टसको आयोजना तथा भारतको प्रतिष्ठित शिक्षण संस्था ग्रेटर नोयडा ग्रुप अफ इन्स्टिट्युसन्स (जिएनआइओटी) को सहकार्यमा पार्टनर्स मिट एण्ड ग्रिट कार्यक्रम सम्पन्न भएको छ। नेपाली शैक्षिक परामर्श व्यवसायीहरूलाई जिएनआइओटी बारे विस्तृत जानकारी दिने उद्देश्यले शुक्रवार साँझ र्‍याडिसन होटेलमा उक्त कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रमका सभापति तथा एक्टिभ सिनर्जीका सञ्चालक रामशरण ढकालले स्वागत मन्तव्य दिँदै भारतमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीको सङ्ख्या राम्रो रहेको र यस्तोमा जिएनआइओटी जस्ता प्रतिष्ठित शैक्षिक संस्थामा जान चाहने पनि धेरै रहेको बताए। तिनै विद्यार्थीलाई सहजीकरणका लागि यो संस्था नेपालमा ल्याइएको बताए। यस किसिमको शैक्षिक साझेदारीले विद्यार्थी, अभिभावक र परामर्श व्यवसायीहरू सबैलाई लाभ पुग्ने उनको विश्वास थियो।

कार्यक्रममा जिएनआइओटीका निर्देशक प्रा डा धिरज गुप्ताले संस्थाको बारेमा विशेष प्रस्तुति दिए। उनका अनुसार, सन् २००१ मा स्थापित जिएनआइओटी अखिल भारतीय प्राविधिक शिक्षा परिषद् (आइसिटिई) द्वारा मान्यता प्राप्त र डा एपिजे अब्दुल कलाम प्राविधिक विश्वविद्यालय अन्तर्गत सम्बन्धन प्राप्त संस्था हो। राष्ट्रिय मूल्याङ्कन तथा प्रत्यायन परिषद् (एनएएसि) बाट ‘ए प्लस’ समग्र ग्रेड प्राप्त यस संस्थाले उत्कृष्ट शैक्षिक वातावरण, उद्योगसँग सहकार्यमा आधारित इन्टर्नसिप, छात्रवृत्ति योजना र प्रभावकारी प्लेसमेन्ट सिस्टम सञ्चालन गर्दै आएको छ।

प्रस्तुति पश्चात् गरिएको प्रश्नोत्तर सत्रमा सहभागी परामर्श व्यवसायीहरूले जिएनआइओटी बारे जिज्ञासा राखेका थिए, जसको उनले विस्तृत जवाफ दिएका थिए।

कार्यक्रममा जिएनआइओटी बाट आएका पाहुनाहरूलाई नेपाली सांस्कृतिक पहिचान स्वरूप ढाका टोपी र खादा लगाएर सम्मान गरिएको थियो। अतिथिहरूले पनि नेपाली सहभागीहरूलाई उपहार प्रदान गरेर आपसी मित्रता प्रकट गरेका थिए।

यो कार्यक्रमले जिएनआइओटी र नेपाली कन्सल्टेन्सीहरू बिचको सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास आयोजकले व्यक्त गरेका छन्। सहभागीहरूका अनुसार यो कार्यक्रम भविष्यमा हुने शैक्षिक सहकार्यको लागि एक महत्त्वपूर्ण आधार बनेको छ।

थप तस्बिरहरु हेर्नुहोस्:

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड