काठमाडौँ- फिनल्यान्डका लागि प्रसिद्ध नेपाली परामर्श सेवा प्रदायक संस्था आइडिबि ग्लोबल सर्भिसेसले अध्ययनका लागि फिनल्यान्ड जान लागेका विद्यार्थीहरूका लागि प्रि डिपार्चर सेसन सम्पन्न गरेको छ। शुक्रवार लाजिम्पाट स्थित दुषित प्रिन्सेसमा आयोजित उक्त सत्र आइडिबि मार्फत फिनल्यान्डका विभिन्न विश्वविद्यालयमा भर्ना प्राप्त गरेका १०० भन्दा बढी विद्यार्थीहरूको उत्साहजनक सहभागितामा सम्पन्न भएको हो।
प्रि डिपार्चर सेसन आइडिबि ग्लोबल सर्भिसेसका प्रबन्ध निर्देशक ईश्वर घिमिरेको सभापतित्व तथा भाषा विश्वविद्यालयका क्षेत्रीय प्रबन्धक (दक्षिण एसिया) बिर्जु पटेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रममा आइडिबिका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विष्णु थापा सहित विभिन्न शाखा प्रबन्धकहरू अतिथिका रूपमा उपस्थित थिए भने आइडिबिका विभिन्न पदमा कार्यरत कर्मचारी उपस्थित थिए। कार्यक्रमले लक्षित गरेका विद्यार्थीहरूको सक्रिय सहभागिताले कार्यक्रम अर्थपूर्ण बनेको थियो।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै आइडिबि बुटवल शाखाका प्रबन्धक टंक पन्थीले भिसा प्राप्त गरेका विद्यार्थीहरूलाई बधाई दिए। उनले सबैको यात्रा सफलताको कामना गर्दै सुखद भविष्यको शुभकामना दिए।
कार्यक्रममा प्रमुख अतिथि पटेलले अध्ययन गन्तव्यका रूपमा फिनल्यान्ड, त्यहाँको वातावरण, शिक्षा, करियर र नियमहरू बारे उपस्थित विद्यार्थीलाई जानकारी गराए। त्यस्तै उनले प्रतिनिधित्व गर्ने भाषा विश्वविद्यालयको बारेमा सम्पूर्ण जानकारीहरू समेटिएको प्रस्तुतीकरण पनि उनले दिएका थिए। पटेलले फिनल्यान्ड अध्ययन बारे सहभागीहरूले उठाएका विभिन्न जिज्ञासाको समाधान गरेका थिए।
कार्यक्रममा बोल्ने विद्यार्थी प्रतिनिधिहरूले आइडिबिले आफूहरूलाई सहजताका साथ विज्ञ सेवा प्रदान गरेको र आफूहरूको सपना साकार भएको धारणा राखे। उनीहरूले फिनल्यान्ड अध्ययन गर्ने सोच बनाएका विद्यार्थीहरूले एकपटक सबैभन्दा पहिले आइडिबि आउनुपर्ने उल्लेख गरे।
कार्यक्रमको अन्त्यमा सभापति घिमिरेले कार्यक्रमको उद्देश्य, आइडिबिले फिनल्यान्ड अध्ययन गर्न चाहने नेपाली विद्यार्थीका लागि दिएको सुविधा देखि त्यहाँ अध्ययन गर्न जाँदा ध्यान दिनुपर्ने कुराहरू आदि बारे जानकारी गराए। उनले विद्यार्थीहरू संसारकै उत्कृष्ट शैक्षिक प्रणाली सँग जोडिन लागेको बताउँदै हाल फिनल्यान्डमा पढाई सँगै कामको प्रशस्त अवसर रहेको र मेहनत गरे सुनिश्चित भविष्य बनाउन सकिने बताए। घिमिरेले विद्यार्थीहरूलाई विदेशमा आफ्नो शैक्षिक अवसरहरूको पूर्ण सदुपयोग गर्न र नयाँ अनुभवहरूको स्वागत गर्न प्रेरित गरे। उनले आइडिबि जस्ता आधिकारिक प्रतिनिधि बाट विदेश अध्ययनको आवेदन दिनुका फाइदाहरूका बारेमा समेत चर्चा गर्नुका साथै भिसा पछिका सेवाहरू र अन्य जुनसुकै समस्या परे पनि विद्यार्थीहरूलाई सहयोग गर्न आफूहरू सधैँ तयार रहेको बताए।
एजेन्ट मिट समेत भव्य रूपमा सम्पन्न
प्रि डिपार्चर सेसन अघि आइडिबिले ‘एजेन्ट मिट एन्ड ग्रिट’ कार्यक्रम समेत भव्य रूपमा सम्पन्न गरेको छ। बिहीबार साँझ चाबहिल स्थित स्मार्ट प्यालेसमा आयोजित उक्त कार्यक्रममा आइडिबिका साझेदार संस्थाहरू मध्ये सर्वोत्कृष्ट काम गर्नेहरूलाई सम्मान गरिएको थियो। करिब ८० शैक्षिक परामर्शदाता संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको उक्त कार्यक्रममा आइडिबिले आफ्ना साझेदारहरूलाई समेत उत्कृष्ट सेवा सुविधा दिने घोषणा गरिएको थियो।
उक्त कार्यक्रममा आइडिबिका काठमाडौँ कार्यालय व्यवस्थापक गोविन्द राज बिसुरालले स्वागत मन्तव्य राख्दै व्यावसायिक साझेदारीका लागि मात्रै नभएर कार्यक्रम आफूहरूको संयुक्त सफलतालाई मनाउन आयोजना गरिएको बताए। उनले आइडिबिले आफ्ना साझेदारहरू सधैँ उच्च प्राथमिकता दिएको उल्लेख गरे।
सम्मानित साझेदारहरू मध्येका एक वेदान्त कन्सल्ट्यान्सका प्रबन्ध निर्देशक सरोज ढुंगानाले आइडिबि जस्तो इमानदार र पूर्ण व्यावसायिक संस्था सँग जोडिएर काम गर्न पाएकोमा खुसी व्यक्त गरे। आइडिबि सँगको आफ्नो अनुभव अत्यन्तै उत्कृष्ट रहेको भन्दै भोलिको दिनमा पनि त्यो कायम रहने विश्वास उनले व्यक्त गरे।
कार्यक्रममा आइडिबिको प्रोफाइल भिडियो र संस्था बारे समग्र जानकारी समेटिएको एआई पोडकास्ट समेत प्रसारण गरिएको थियो। नवीन प्रयोग भएकाले यसले धेरैको ध्यान खिच्न सफल भएको थियो।
कार्यक्रममा भाषा विश्वविद्यालयका क्षेत्रीय प्रबन्धक (दक्षिण एसिया) बिर्जु पटेलले आफूले प्रतिनिधित्व गर्ने विश्वविद्यालय बारे विशेष प्रस्तुति दिएका थिए।
कार्यक्रम समापन गर्दै आइडिबिका प्रबन्ध निर्देशक घिमिरेले उपस्थिति र आजसम्मको साझेदारीका लागि सबैलाई धन्यवाद दिए। आइडिबिले साझेदारहरूको सुविधालाई ध्यानमा राख्दै छुट्टै बि टु बि युनिट सञ्चालनमा ल्याएको र त्यस मार्फत जोडिएका साझेदारहरूलाई सर्वोत्कृष्ट सुविधा दिँदै आएको उल्लेख गरे। फिनल्यान्ड अध्ययनका सन्दर्भमा पछिल्लो समय विभिन्न भ्रमहरू छर्ने कामहरू भइरहेको प्रति चिन्ता व्यक्त गर्दै उनले आधिकारिक प्रतिनिधि बाट सही सूचना लिन आग्रह गरे। हाल भिसा निर्णय पनि छिटो आउन थालेको र फिनल्यान्ड पुगेका अधिकांश विद्यार्थीहरूले सकारात्मक प्रतिक्रिया दिइरहेको उनको भनाई थियो। घिमिरेले संस्थालाई यहाँसम्म ल्याउन भूमिका खेल्ने सबैलाई धन्यवाद दिए।
यहाँ र यहाँ क्लिक गरेर दुवै कार्यक्रमहरूको फोटो फिचर हेर्न सकिन्छ।