काठमाडौँ- बेलायतमा उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीलाई प्रत्यक्ष जानकारी दिने उद्देश्यले राइटपाथ करियर काउन्सेलिङले आयोजना गरेको ‘यूके एजुकेशन एक्स्पो २०२५’ भव्य रूपमा सम्पन्न भएको छ।
पुतलीसडकस्थित मुख्य कार्यालयमा आयोजित एक्स्पोमा ५०० भन्दा बढी विद्यार्थीको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले बेलायतका प्रतिष्ठित विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष संवाद गर्ने, स्पट एसेसमेन्ट गराउने, छात्रवृत्ति सम्बन्धी जानकारी पाउने र पाठ्यक्रम चयनसम्बन्धी सल्लाह लिने अवसर पाए।
कार्यक्रममा नर्थह्याम्पटन, लिड्स बेकेट, लिड्स ट्रिनिटी, एबर्टे, युडब्ल्युएई ब्रिस्टल, ग्रीनविच, क्रिएटिभ आर्ट्सलगायतका दर्जनभन्दा बढी विश्वविद्यालयका प्रतिनिधि तथा शिक्षा साझेदार संस्था ओआईईजी र नाभितासका प्रतिनिधिहरूले विद्यार्थीका जिज्ञासा सम्बोधन गरेका थिए।
राइटपाथका अनुसार, यो एक्स्पो केवल शैक्षिक परामर्शमा सीमित नभई अन्तर्राष्ट्रिय शिक्षा प्रणालीबारे विद्यार्थीमा विश्वास र स्पष्टता बढाउने उद्देश्यले आयोजना गरिएको हो। कार्यक्रमलाई आकर्षक बनाउन गिफ्ट ह्याम्पर र मनोरञ्जनात्मक खेलहरू समेत समावेश गरिएको थियो।
हालै कीर्तिपुरमा नयाँ शाखा थपेको राइटपाथले देशभर बानेश्वर, ललितपुर, चितवन, दाङ, बुटवल, धनकुटा र इटहरीमा आफ्ना शाखामार्फत बेलायतसहित अस्ट्रेलिया, न्युजिल्यान्ड, क्यानडा, अमेरिका, माल्टा र युएई जस्ता देशका लागि परामर्श सेवा दिँदै आएको छ।
