काठमाडौँ- शैक्षिक परामर्श सेवा प्रदायक संस्था राइटपाथ करियर काउन्सिलिङले आफ्नो नयाँ शाखा कीर्तिपुरमा खोल्ने भएको छ। त्यहाँका विद्यार्थीको स्तरीय परामर्श र भाषा कक्षाको माग रहेको भन्दै पाँगा दोबाटोमा कार्यालय रहने गरी कीर्तिपुरमा राइटपाथको सेवा विस्तार गर्न लागिएको हो।
भोलि शुक्रवार विधिवत् रूपमा कार्यालय उद्घाटन गरेर कीर्तिपुर शाखा बाट सेवा सुरु गर्ने राइटपाथको तयारी छ। संघीय सांसद राजेन्द्र कुमार केसीको प्रमुख आतिथ्यमा, पूर्व मिस नेपाल तथा राइटपाथकी ब्रान्ड एम्बेसडर अस्मि श्रेष्ठ र हाँस्यकलाकार सन्दिप क्षेत्रीको विशेष उपस्थितिमा कीर्तिपुर शाखा उद्घाटन गर्न लागिएको हो।
कीर्तिपुर शाखा बिस्तार बारे मात्र एजुकेसन सँग कुरा गर्दै संस्थाका सिइओ फिलिप डिसीले कीर्तिपुरका विद्यार्थीलाई आफ्नो विदेश अध्ययनको सपना पुरा गर्न टाढा जान नपरोस् भन्ने उद्देश्यले उनीहरूकै सहरमा राइटपाथ लैजान लागिएको बताए। राइटपाथका अन्य शाखाहरू बाट जस्तै यस शाखा बाट पनि विभिन्न गन्तव्यका उत्कृष्ट शैक्षिक संस्थाहरूमा अध्ययनको अवसर पाउने बताए। उनले इच्छुक विद्यार्थी अभिभावकलाई कीर्तिपुर शाखा पुगेर विशेष सेवा लिन पनि अपिल गरे।