काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सबै विद्यार्थीका लागि दक्षिण कोरियाको एनओसी खुलाउने भएको छ। एनओसी रोक्ने निर्णयको चौतर्फी विरोध भएपछि नै सरकार यस बारेमा सोच्न बाध्य भएको थियो। सँगै विद्यार्थीले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले गत सोमबार पनि दक्षिण कोरियाको एनओसी नरोक्न सरकारका नाममा आदेश जारी गरेपछि सरकार आफ्नो निर्णय बाट पछि हट्न बाध्य भएको हो।
शिक्षा मन्त्रालय निकट स्रोतले मात्र एजुकेसन सँग एनओसी खोलिने कुराको पुष्टि गरेको छ। उक्त स्रोतका अनुसार आजै दिउँसो बाट एनओसी वितरणको नियमित काम सुरु हुनेछ। यो सँगै सेप्टेम्बर इन्टेकका लागि जान लागेका नेपाली विद्यार्थीले डि २ र डि ४ दुवै भिसाका लागि एनओसी पाउनेछन्।
यसअघि गत वैशाख ३० गते विभिन्न समस्या देखिएको कारण देखाउँदै मन्त्रालयले एनओसी रोक्ने निर्णय गरेको थियो। एनओसी दिँदा आफूहरू माथि अन्याय भएको भन्दै अन्य विद्यार्थीहरूले सानोठिमी स्थित एनओसी कार्यालय अगाडी आन्दोलन गरेका थिए। त्यस्तै विभिन्न समूह बनाएर उनीहरूले मुद्दा दायर गर्ने, पत्रकार सम्मेलन मार्फत आफूहरूका आवाज राज्यलाई सुनाउने लगायत गतिविधि गर्दै आएका थिए।