Matra Education आइतबार, साउन १० २०८३

टिटि वर्ल्ड एजुकेशनल कन्सल्टेन्सी अब धनगढीमा पनि, चौथो शाखाको भयो उद्घाटन

टिटि वर्ल्ड एजुकेशनल कन्सल्टेन्सी अब धनगढीमा पनि, चौथो शाखाको भयो उद्घाटन

  • मात्र एजुकेशन
  • आइतबार, जेष्ठ ४ २०८२


धनगढी- अध्ययनका लागि कोरिया जाने नेपाली विद्यार्थीहरू माझ विशेष लोकप्रिय रहेको टिटि वर्ल्ड एजुकेशनल कन्सल्टेन्सीले आफ्नो सेवा सुदूरपश्चिमको प्रमुख सहर धनगढीमा पनि विस्तार गरेको छ। शनिवार धनगढीमा आयोजित एक विशेष कार्यक्रमका बिच टिटि वर्ल्डको नयाँ शाखा उद्घाटन भएको हो। शाखा उद्घाटन सँगै दक्षिण कोरियाको सेउल जाङसिन विश्वविद्यालय सँगको सहकार्यमा परामर्श कार्यक्रम समेत सम्पन्न गरिएको छ।

परामर्श व्यवसायमा आफ्नो अलग पहिचान बनाएको टिटि वर्ल्डले धनगढी शाखा उद्घाटनमा पनि आफ्नो फरकपन झल्काउने प्रयास गरेको थियो। कोरियाबाट आएका सेउल जाङसिन विश्वविद्यालयका ‘जनरल डाइरेक्टर’ कलेब किमको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो भने संस्थाका सम्पूर्ण टिमको उपस्थितिले कार्यक्रमलाई अझ विशेष बनाएको थियो।

कार्यक्रममा भविष्यमा दक्षिण कोरियाको सेउल जाङसिन विश्वविद्यालयसँग सहकार्य गर्दै नेपाली विद्यार्थीलाई अझ प्रभावकारी परामर्श सेवा कसरी दिन सकिन्छ भन्ने विषयमा बृहत् छलफल गरिएको थियो। सहभागी विद्यार्थी र अभिभावकहरूले कोरियामा अध्ययनका अवसर, विश्वविद्यालयको विशेषता, छात्रवृत्ति, जीवनशैली र सम्भावित चुनौतीबारे प्रत्यक्ष जानकारी पाउने अवसर पाएका थिए।

कार्यक्रम पश्चात् मात्र एजुकेसन सँग कुरा गर्दै टिटि वर्ल्डका धनगढी शाखा प्रमुख कृष्ण रावलले धनगढीमा नै अब अन्तर्राष्ट्रिय स्तरको शैक्षिक परामर्श सेवा लिन पाउने अवसर आएको भन्दै विद्यार्थीहरूलाई त्यसको लाभ लिन आग्रह गरे। उनले टिटि वर्ल्ड धनगढीमा आएर ‘वान टु वान’ काउन्सिलिङ, स्तरीय परामर्श र भाषा कक्षाको लाभ लिन आग्रह गरे। कार्यक्रमको आकर्षणको रूपमा विद्यार्थीहरूका लागि परामर्श र विविध रोचक गतिविधिहरू सञ्चालन गरिएको थियो।

कार्यक्रम बारे जानकारी दिँदै टिटि वर्ल्डका प्रबन्ध निर्देशक गणेश बेल्बासेले विद्यार्थीहरूको विश्वास र भरोसाले आफूहरूलाई अझ उत्कृष्ट सेवा दिन प्रेरित गरिरहेको बताए। धनगढीका विद्यार्थीलाई स्तरीय भाषा कक्षा र शैक्षिक परामर्शका लागि राजधानी धाउनु नपरोस् भनेर शाखा सुरु गरिएको उनको भनाई थियो। टिटि वर्ल्डका अन्य शाखामा जस्तै धनगढीमा पनि दक्ष र अनुभवी परामर्शदाताहरू राखिएको हुँदा विद्यार्थीले स्तरीय सेवा पाउने उनको विश्वास थियो।

छोटो समयमा नै विद्यार्थी माझ गहिरो विश्वास कायम गर्न सफल टिटि वर्ल्ड एजुकेशनल कन्सल्टेन्सीले कोरिया, जापान, अस्ट्रेलिया, अमेरिका लगायतका गन्तव्यमा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई समर्पित सेवा दिँदै आएको छ। अब धनगढी शाखाबाट सेवा सुरु भएसँगै संस्थाले अझ धेरै विद्यार्थीको सपना साकार पार्ने विश्वास व्यक्त गरेको छ।

विद्यार्थी, अभिभावक वा विदेश अध्ययनमा चासो राख्ने जो–कोहीका लागि टिटि वर्ल्ड एजुकेशनल कन्सल्टेन्सी धनगढी अब नजिकको उपयुक्त सारथि बन्ने निश्चित देखिन्छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड