Matra Education आइतबार, साउन १० २०८३

फेकन अध्यक्षमा उमेश कुश्वार निर्वाचित, यस्तो बन्यो नयाँ कार्यसमिति

फेकन अध्यक्षमा उमेश कुश्वार निर्वाचित, यस्तो बन्यो नयाँ कार्यसमिति

  • मात्र एजुकेशन
  • शनिबार, बैशाख २७ २०८२


काठमाडौँ- परामर्श व्यवसायीहरूको छाता संगठन स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को नयाँ नेतृत्वका लागि शनिवार भएको निर्वाचनमा उमेश कुश्वारको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ। शनिवार गैरीधारा स्थित सिल्भर ओक बैङ्केटमा सम्पन्न निर्वाचनले १५ सदस्यीय कार्यसमिति चयन गरेको हो।

निर्वाचनमा नयाँ नेतृत्वका लागि उनी सँग रामशरण ढकाल प्रतिस्पर्धामा थिए। विजयी कुश्वारले १३६ मत पाउँदा उनका प्रतिद्वन्द्वी ढकालले ७८ मत पाउँदै उपविजेता बने। निर्वाचनमा दुई उपाध्यक्षका लागि पाँच जना, दुई सचिवका लागि तिन जना र सात सदस्यका लागि बाह्र जनाले चुनावी प्रतिस्पर्धा गरेका थिए। महासचिव, कोषाध्यक्ष र सह-कोषाध्यक्ष भने यस अघि नै निर्विरोध भइसकेको थियो।

निर्वाचन सम्पन्न पश्चात् निर्वाचन समितिले घोषणा गरेको अन्तिम मत परिणाम अनुसार अब फेकनको कार्यसमिति निम्नानुसार बनेको छ।
अध्यक्ष: उमेश कुश्वार
उपाध्यक्ष: छविन्द्र ओझा
उपाध्यक्ष: बालकृष्ण बिस्ट गगन
महासचिव: दिपेन्द्र पोखरेल
सचिव: रामचन्द्र केसी
सचिव: राजकुमार ढकाल
कोशाध्यक्ष: गौतम पुडासैनी
सह-कोशाध्यक्ष: मञ्जु लामिछाने
सदस्य: मन्दिरा सिटौला
सदस्य: निराजन रोका क्षेत्री
सदस्य: धिरज रायमाझी
सदस्य: रिजन मडै
सदस्य: योगेन्द्र चौहान
सदस्य: निराजन शिवाकोटी
सदस्य: वैकुण्ठ उप्रेती
यस्तो छ अन्तिम मत परिणाम:

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड