काठमाडौँ- युके अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरू माझ अत्यन्तै लोकप्रिय परामर्श दाता संस्था एआर एजुकेसन कन्सल्टेन्सीले आफ्नो सेवा चितवनमा पनि बिस्तार गरेको छ। शनिवार चितवनमा आयोजित एक कार्यक्रमका बिच एआरको चितवन शाखा उद्घाटन भए सँगै अब त्यहाँका विद्यार्थीले पनि एआरको परामर्श सेवा लिन पाउने भएका हुन्। कार्यालय उद्घाटन सँगै युके विशेष परामर्श कार्यक्रम पनि सम्पन्न भएको छ।
हरेक गतिविधिहरूमा आफ्नो छुट्टै पहिचान बनाएको एआरले शाखा उद्घाटनमा पनि त्यस्तै फरक शैली अवलम्बन गरेको छ। अतिथिहरूको लर्को लगाएर कार्यालय उद्घाटन गर्ने परम्परा तोड्दै संस्थाले विद्यार्थी बाट कार्यालय उद्घाटन गरेको हो। संस्थाकी उपनिर्देशक संजना पाण्डे र आज सबैभन्दा सुरुमा आउने विद्यार्थी सनम खड्काले संयुक्त रूपमा रिबन काटेर चितवन शाखाको शुभारम्भ गरेका हुन्।
शाखा उद्घाटन सँगै एआरले युके विशेष परामर्श कार्यक्रम पनि सम्पन्न गरेको छ। कुल ९२ जना विद्यार्थीहरू सहभागी रहेको उक्त सत्रमा एआरका ब्रिटिस काउन्सिल प्रमाणित परामर्श दाताहरूले विद्यार्थीहरूलाई परामर्श दिएका थिए। उक्त कार्यक्रममा विद्यार्थीहरूले अध्ययन गन्तव्यका रूपमा युके, त्यहाँका शैक्षिक संस्थाहरू, अध्ययन शुल्क, छात्रवृत्ति, युकेको बसाइ, त्यहाँका अवसर र चुनौतीहरू बारे जानकारी प्राप्त गरेका थिए। उपस्थित विद्यार्थीहरूले युके अध्ययनका विविध आयामहरू बारे जानकारी प्राप्त गरेका हुन्। उनीहरूले ‘वान टु वान काउन्सिलिङ’ (प्रत्येक विद्यार्थीले छुट्टा छुट्टै परामर्श दातालाई भेटेर आफ्नो जिज्ञासा मेटाउने) को अवसर प्राप्त गरेका थिए। त्यस्तै विभिन्न मनोरञ्जनात्मक खेलहरूमा सहभागिता जनाउने, हाजिरी जवाफमा भाग लिएर पुरस्कार जित्ने मौका पनि एआर चितवनमा प्राप्त गरेका थिए।
युके विशेष परामर्श गर्ने भनिए पनि अमेरिका, अस्ट्रेलिया र डेनमार्क अध्ययन गर्न चाहने विद्यार्थीहरूको समेत उल्लेखनीय सहभागिता रहेको हुँदा कार्यक्रममा बहु गन्तव्य परामर्श पनि भएको थियो।
कार्यक्रम बारे मात्र एजुकेसनलाई जानकारी दिँदै एआर एजुकेसन कन्सल्टेन्सीकी उपनिर्देशक पाण्डेले विद्यार्थीहरूलाई सही परामर्श प्रदान गर्नु सधैँ एआरको लक्ष्य हुँदै आएको र त्यही उद्देश्य पुरा गर्नका लागि चितवन शाखा सुरु गरिएको बताइन्। एआरको चितवन उपस्थितिले त्यहाँका विद्यार्थीहरूको सपना साकार पार्न सघाउ पुग्ने उनको विश्वास थियो पहिलो दिन नै विद्यार्थीहरूको भव्य सहभागिताले आफूहरू पनि उत्साहित भएको उनको भनाई थियो।
त्यस्तै एआरका प्रबन्ध निर्देशक रोविन शर्माले चितवनका विद्यार्थीलाई स्तरीय भाषा कक्षा र शैक्षिक परामर्शका लागि राजधानी धाउनु नपरोस् भनेर शाखा सुरु गरिएको बताए । उपत्यकामा तिन वटा र हेटौडा पछि पाँचौँ शाखा चितवनमा सुरु गरिएको उनले बताए। एआरका अन्य शाखामा जस्तै चितवनमा पनि दक्ष र अनुभवी परामर्शदाताहरू राखिएको हुँदा विद्यार्थीले स्तरीय सेवा पाउने उनको विश्वास थियो। उनले चितवनका विद्यार्थीलाई एआर चितवनमा आएर आफ्नो सुन्दर भविष्यको सुरुवात गर्न आग्रह गरे।
कार्यक्रममा भेटिएका विद्यार्थीहरूले विदेश अध्ययन सम्बन्धी महत्त्वपूर्ण जानकारीहरू प्राप्त गरेको भन्दै आयोजकलाई धन्यवाद दिए। धेरै परामर्श दाताहरूले विदेश जानका लागि मात्रै प्रेरित गर्ने भए पनि एआरले भने त्यहाँको सबै वस्तुस्थिति जानकारी गराइदिएर आफूलाई तयार बनाएको भन्दै उनीहरूले विशेष आभार प्रकट गरे। एआर जस्तो संस्था आफ्नै सहरमा आएकोमा उनीहरू प्रफुल्लित देखिन्थे।
छोटो समयमै आफ्नो अलग पहिचान स्थापित गर्दै विश्वसनीय परामर्शदाताको पहिचान बनाएको एआर एजुकेसन कन्सल्टेन्सी तपाईँका लागि उपयुक्त परामर्श दाता हुन सक्छ। युके सहित अन्य विभिन्न देशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरूलाई सेवा दिँदै आएको यस संस्थाबारे थप जानकारीका लागि यहाँ क्लिक गरेर फेसबुक पेज सँग जोडिन सक्नुहुन्छ।
