काठमाडौँ- नयाँ नेतृत्व चयनका लागि हुन लागेको स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को निर्वाचन सुरु भएको छ। गैह्रीधारा स्थित सिल्भर ओक बैङ्केटमा अध्यक्ष राजु निरौलाले पहिलो मतदान गर्दै निर्वाचन प्रक्रिया सुरु गरेका हुन्। निर्वाचन दिउँसो ३ बजे सम्म चल्नेछ। त्यसपछि आजै मतगणना सम्पन्न गर्ने तयारी गरेको निर्वाचन समितिले जनाएको छ।
आज भइरहेको निर्वाचनमा नयाँ नेतृत्वका लागि हालका सल्लाहकार रामशरण ढकाल र वरिष्ठ उपाध्यक्ष उमेश कुश्वार बिचको भिडन्त हुँदैछ। त्यस्तै दुई उपाध्यक्षका लागि पाँच जना, दुई सचिवका लागि तिन जना र सात सदस्यका लागि बाह्र जना चुनावी प्रतिस्पर्धामा छन्।
महासचिव, कोषाध्यक्ष र सह-कोषाध्यक्ष भने यस अघि नै निर्विरोध भइसकेको छ।