काठमाडौँ- स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को आगामी महासचिवमा हालका कोषाध्यक्ष दिपेन्द्र पोख्रेल सर्वसम्मत चयन हुने भएका छन्। आज भएको छलफलपछि दुई उम्मेदवार मध्येका एक तिलक पाण्डेले पोखरेललाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिने घोषणा गरेपछि उनी सर्वसम्मत महासचिव बन्ने पक्का भएको हो।
मात्र एजुकेसन सँग कुरा गर्दै उम्मेदवारी फिर्ता लिएका पाण्डेले एजेन्डागत सहमति भएकाले पोख्रेललाई आफूले समर्थन गरेको बताए। उनले भने, “मेरो उम्मेदवारी नै फेकनमा ती एजेन्डाहरू लागु गरेर फेकनको संस्थागत हित हुनुपर्छ भन्नका लागि थियो। आज दिउँसोको छलफल पछि उहाँले ती एजेन्डाहरू समेटेर लाने प्रतिबद्धता गरे सँगै मैँले आफ्नो उम्मेदवारी फिर्ता लिएको हुँ। उहाँलाई अग्रिम बधाई र सफल कार्यकालको शुभकामना भन्न चाहन्छु।”
फेकन निर्वाचन समितिले आगामी २६ गते उम्मेदवारी फिर्ताको समय तोकेको छ। अहिले पनि सर्वसम्मतिका लागि प्रयासहरू भइरहेको बताइएको छ।
महासचिव सर्वसम्मत हुने भएका दिपेन्द्र पोखरेलले वर्तमान कार्यसमितिमा सफल कोषाध्यक्षको छवि बनाएका छन्। उनका बारेमा थप सामग्री यहाँ क्लिक गरेर पढ्नुहोस्।