Matra Education आइतबार, साउन १० २०८३

फेकन कार्यसमिति सदस्यमा धिरज रायमाझीको उम्मेदवारी

फेकन कार्यसमिति सदस्यमा धिरज रायमाझीको उम्मेदवारी

  • मात्र एजुकेशन
  • बुधबार, बैशाख २४ २०८२


काठमाडौँ- स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को आसन्न निर्वाचनका लागि कार्यकारी सदस्य पदमा धिरज रायमाझीले उम्मेदवारी दिएका छन्। हिजो भएको मनोनयन दर्तामा उक्त पदमा उनले उम्मेदवारी दर्ता गराएका हुन्। रायमाझीले शुद्ध, पारदर्शी र विद्यार्थीमैत्री सेवा प्रवर्द्धन गर्ने उद्देश्य सहित उम्मेदवारी सार्वजनिक गर्दै संघ भित्र समावेशी नेतृत्व र संस्थागत एकताको पक्षमा आफू प्रतिबद्ध रहेको जनाएका छन्।

फ्लाइङ कंगारु एजुकेसन कन्सल्टेन्सीका प्रतिनिधि रहेका रायमाझीले उम्मेदवारी घोषणामा आफू दिगो विकासमा विश्वास राख्ने, व्यावसायिक मर्यादामा रहँदै संघको संस्थागत सुधारमा निरन्तर क्रियाशील रहने व्यक्तित्वका रूपमा प्रस्तुत गरेका छन्। उनले आफ्नो प्राथमिकता सूचीमा शैक्षिक परामर्श सेवालाई सुधार गर्दै विद्यार्थीको हित केन्द्रमा राख्ने स्पष्ट दृष्टिकोण प्रस्तुत गरेका छन्।

उनले नीति निर्माणमा सदस्यहरूको सक्रिय सहभागिता सुनिश्चित गर्न भूमिका खेल्ने, संघ भित्र निर्णय प्रक्रियामा पारदर्शिता ल्याउने र डिजिटल प्रणाली मार्फत सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने अठोट गरेका छन्। अनलाइन सेवा प्रणालीको प्रवर्द्धन मार्फत विद्यार्थी र परामर्शदाता बिचको अन्तर्क्रिया सहज, सुरक्षित र व्यवस्थित बनाउने उनको योजना छ।

यस्तै, न्यायसंगत सेवा शुल्क र मापदण्डको प्रस्ताव मार्फत परामर्श क्षेत्रमा देखिएको अव्यवस्था घटाउने तथा सबै परामर्शदाताका लागि समान अवसरको वातावरण तयार पार्ने उनको लक्ष्य रहेको छ। रायमाझीले संघभित्र समावेशी नेतृत्व र सदस्यहरूबिच एकताको प्रवर्द्धनलाई पनि आफ्नो अभियानको केन्द्रमा राखेका छन्।

सदस्यहरूप्रति अपिल गर्दै उनले भने, “फेकनको विकास र सुधारको यात्रामा तपाईँहरूको विश्वास र साथको अपेक्षा राख्दछु। संघ प्रति मेरो प्रतिबद्धता स्पष्ट छ—विद्यार्थी केन्द्रित सेवा, नीति निर्माणमा सक्रियता, र नेतृत्वमा समावेशिता। म तपाईँहरूको मतको अपेक्षा गर्दछु र विश्वास दिलाउन चाहन्छु कि तपाईँको समर्थनले परिवर्तन सम्भव छ।”

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड