Matra Education आइतबार, साउन १० २०८३

फेकन कार्यसमिति सदस्यमा नीराजन सिवाकोटीको उम्मेदवारी

फेकन कार्यसमिति सदस्यमा नीराजन सिवाकोटीको उम्मेदवारी

  • मात्र एजुकेशन
  • बुधबार, बैशाख २४ २०८२


काठमाडौँ- स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को आसन्न निर्वाचनका लागि कार्यकारी सदस्य पदमा नीराजन सिवाकोटीले उम्मेदवारी दिएका छन्। हिजो भएको मनोनयन दर्तामा उक्त पदमा उनले उम्मेदवारी दर्ता गराएका छन्। लामो समयदेखि शैक्षिक परामर्श व्यवसायमा क्रियाशील सिवाकोटीले एक सार्वजनिक वक्तव्य जारी गर्दै संस्थाको दिगो विकास र सदस्यहरूको सशक्तीकरणका लागि उम्मेदवारी दिएको जानकारी गराएका छन्।

सिवाकोटीले फेकनलाई अझ प्रभावकारी, पारदर्शी र सदस्य–केन्द्रित संस्था बनाउन प्रतिबद्ध रहेको बताएका छन्। उनले आफू निर्वाचित भएमा सदस्यहरूको सहभागिता र सुझावलाई प्राथमिकता दिने, अन्तर्राष्ट्रिय शिक्षा बजारमा नेपाली कन्सल्टेन्सीहरूको पहुँच विस्तार गर्ने र व्यावसायिक चुनौतीहरूको समाधानका लागि नीतिगत तहमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनको योजना अनुसार फेकनको नेतृत्वलाई पारदर्शिता, नैतिकता र सहकार्यमा आधारित राख्दै संस्थालाई थप मजबुत बनाइनेछ। साथै, विदेशी विद्यार्थीहरूलाई नेपालको शैक्षिक प्रणालीतर्फ आकर्षित गर्न ‘एक्सचेन्ज प्रोग्राम’ मार्फत विदेशी विश्वविद्यालयहरू सँग सहकार्य गर्ने र नेपालमा अध्ययनका अवसरहरू सिर्जना गर्ने दीर्घकालीन उद्देश्य पनि उनले अघि सारेका छन्।

सिवाकोटीले सदस्यहरूको एक मतले आफूलाई फेकनको सेवामा ठुलो भूमिका खेल्ने अवसर दिने विश्वास व्यक्त गर्दै शैक्षिक परामर्श क्षेत्रलाई अझ उचाइमा पुर्‍याउन सबै सदस्यहरूको साथ, समर्थन र विश्वासको अपेक्षा गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड