काठमाडौँ- आगामी शनिवारका लागि निर्धारित स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को निर्वाचनमा नयाँ नेतृत्वका लागि हालका सल्लाहकार रामशरण ढकाल र वरिष्ठ उपाध्यक्ष उमेश कुश्वार बिचको भिडन्त तय भएको छ। मंगलबार साँझ सम्म भएको उम्मेदवार मनोनयन दर्ताले यस्तो देखाएको हो। मनोनयनका लागि निर्धारित समय सम्ममा अध्यक्षमा यी दुई जनाको मात्रै उम्मेदवारी परेको छ।
निर्वाचन अधिकृत तुलसी काफ्लेका अनुसार जम्मा २७ जनाले उम्मेदवारी दर्ता गराएका छन्। जसमा उपाध्यक्षका लागि पाँच जना, महासचिवका लागि दुई जना, सचिवका लागि तिन जना, कोषाध्यक्षका लागि दुई जना, सह-कोषाध्यक्षका लागि एक जना र सदस्यका लागि बाह्र जनाले उम्मेदवारी दर्ता गराएका छन्।
निर्वाचन समितिले २४ गतेका लागि उम्मेदवारी उपर दाबी विरोध र २६ गते उम्मेदवारी फिर्ता गर्ने समय तोकेको छ। २६ गते १२ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरे सँगै सर्वसम्मत नभएका पदहरूमा २७ गते निर्वाचन हुनेछ।
उम्मेदवारको सुची हेर्नुहोस्:
