काठमाडौँ- आगामी शनिवारका लागि निर्धारित स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को निर्वाचनका लागि आज उम्मेदवार मनोनयन दर्ता हुँदै छ। निर्वाचन अधिकृत तुलसी काफ्लेका अनुसार उम्मेदवारी दर्ताको समय दिउँसो १ बजेदेखि ३ बजेसम्म तोकिएको छ। मनोनयन दर्ता फेकन सचिवालय, पुतलीसडकमा सम्पन्न हुनेछ।
फेकन निर्वाचनको तयारी अन्तिम चरणमा पुगेका बेला आज हुने उम्मेदवार मनोनयन दर्तालाई अत्यन्त महत्त्वपूर्ण चरणको रूपमा हेरिएको छ। निर्धारित समयमा उम्मेदवारहरूले आफ्नो उम्मेदवारीको औपचारिक दर्ता गराउनु पर्नेछ। निर्वाचन प्रक्रिया पारदर्शी, मर्यादित र समयमै सम्पन्न गर्ने तयारी रहेको निर्वाचन समितिले बताएको छ।
निर्वाचनको मिति नजिकिँदै जाँदा फेकनमा नेतृत्वको दौड तीव्र बन्दै गएको छ। विभिन्न पदका आकाङ्क्षीहरूले पछिल्ला दिनहरूमा सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गर्दै आएका छन्। आजको उम्मेदवारी दर्तापछि निर्वाचन प्रक्रियाले थप औपचारिकता पाउने छ।
निर्वाचन अधिकृत काफ्लेले उम्मेदवार र समर्थकहरूलाई तोकिएको समयभित्र अनुशासित रूपमा प्रक्रिया सम्पन्न गर्न आग्रह गरे