Matra Education आइतबार, साउन १० २०८३

फेकन कोषाध्यक्षका लागि गौतम पुडासैनीले गरे उम्मेदवारी घोषणा

फेकन कोषाध्यक्षका लागि गौतम पुडासैनीले गरे उम्मेदवारी घोषणा

  • मात्र एजुकेशन
  • सोमबार, बैशाख २२ २०८२


काठमाडौँ- स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को आसन्न निर्वाचनका लागि हालका सह–कोषाध्यक्ष गौतम पुडासैनीले कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। सोमबार साँझ सामाजिक सञ्जाल मार्फत उनले उक्त पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।

लामो समयदेखि फेकन सँग आबद्ध रहेर सक्रिय भूमिका खेलिरहेका पुडासैनीले त्यसलाई निरन्तरता दिनका लागि भन्दै उम्मेदवारीको घोषणा गरेका हुन्। परामर्श व्यवसाय क्षेत्र संकटमा परेको बेला सम्बन्धित निकायहरूसँग समन्वय गरी समाधानको बाटो पहिल्याउने काममा आफू अग्रसर रहँदै आएको, एनओसी बन्द हुँदा सुरुमा आवाज उठाउने मध्ये एक रहेको, शिक्षा मन्त्रालय, बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय तथा केन्द्र सरकारसँग निरन्तर व्यावसायिक हितका लागि संवाद गर्दै आएको लगायत आफूले संस्थामा रहेर खेलेको भूमिकाको संक्षिप्त चर्चा गर्दै उम्मेदवारी घोषणा गरेका उनले आफू प्रमुख रहेको जापान विभाग मार्फत प्रशिक्षक तालिम, सूचना तथा जानकारी सत्र लगायत विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै नेतृत्वदायी भूमिका निभाएको उल्लेख गरेका छन्।

आफूले फेकनका कार्यक्रमहरूका लागि प्रायोजन संकलन, कार्यक्रमहरूमा सक्रिय सहभागिता र संस्थाको गतिविधिलाई प्रभावकारी बनाउन महत्त्वपूर्ण योगदान दिएको दाबी उनले गरेका छन्।

उम्मेदवारीसँगै उनले आफ्नो आफू निर्वाचित भएमा गर्ने कामहरूको महत्त्वपूर्ण योजना पनि अघि सारेका छन्। उनले फेकनको आर्थिक सुदृढीकरण, आइएलटिएस, पिटिई तथा जापानी परीक्षा केन्द्रहरूसँग समन्वय, परीक्षा भौचर प्रणालीमार्फत संस्थाको कोषमा योगदान, सदस्यहरूको पेसागत दक्षता अभिवृद्धि, र कार्यकालभर कम्तीमा १ करोड रुपैयाँको कोष निर्माण गर्ने लक्ष्य प्रस्तुत गरेका छन्। फेकनलाई सक्षम, पारदर्शी र सदस्य–केन्द्रित संस्था बनाउने अभियानमा उनले सम्पूर्ण सदस्यहरूको साथ र विश्वासको अपेक्षा व्यक्त गरेका छन्।

गौतम जापान जाने विद्यार्थीहरू माझ लोकप्रिय चुकी कन्सल्टेन्सी एण्ड ल्याङ्ग्वेज सेन्टरका प्रबन्ध निर्देशक हुन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड