काठमाडौँ- स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को आगामी शनिवार सम्पन्न हुने कार्यसमिति निर्वाचनका लागि बागबजार स्थित सेन्ट जेभियर एजुकेसनल नेटवर्कका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत बालकृष्ण विष्ट (गगन) ले उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।
सामाजिक सञ्जालमार्फत एक सार्वजनिक सन्देश जारी गरेका विष्टले फेकनप्रति आफ्नो समर्पण र सेवा भाव व्यक्त गर्दै नेतृत्वमा आउने घोषणा गरेका हुन्। “फेकनको सेवामा निष्ठापूर्वक समर्पित हुँदै म उपाध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गर्दछु,” विष्टले लेखेका छन्।
उनले फेकन सँग हरेक अवस्थामा आफू सँगै रहेको स्मरण गर्दै आगामी कार्यकालमा संगठनलाई एकताबद्ध, मजबुत र समस्या समाधानको दिशामा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले जिम्मेवारी पाएमा आफूले इमानदारीपूर्वक नेतृत्व गर्ने, चुनौतीहरूलाई रूपमा सम्बोधन गर्ने र संस्थाको हितका लागि सहकार्यमा आधारित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
विष्टले आफ्नो उम्मेदवारीमा साथ र समर्थनको अपिल गर्दै सबै मिलेर फेकनको उज्यालो भविष्य निर्माण गर्न आग्रह गरेका छन्।