Matra Education आइतबार, साउन १० २०८३

नयाँ कार्यसमिति चयनका लागि फेकन चुनाव वैशाख २७ गते हुने

नयाँ कार्यसमिति चयनका लागि फेकन चुनाव वैशाख २७ गते हुने

  • मात्र एजुकेशन
  • शुक्रबार, बैशाख १९ २०८२


काठमाडौँ- परामर्श व्यवसायीहरूको छाता संगठन स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को नयाँ कार्यसमिति चयनका लागि आगामी वैशाख २७ गते निर्वाचन हुने भएको छ। संस्थाको आज (शुक्रवार) बसेको कार्यसमिति बैठकले नयाँ कार्यसमिति चयन गर्नका लागि सो मितिमा निर्वाचन गर्ने निर्णय गरेको अध्यक्ष राजु निरौलाले मात्र एजुकेसनलाई बताए।

उक्त बैठकले निर्वाचन प्रयोजनका लागि अधिवक्ता तुलसी प्रसाद काफ्लेको संयोजकत्वमा निर्वाचन मण्डल पनि चयन गरेको छ। भूपाल तामाङ र दिपक सिलवाल उक्त निर्वाचन मण्डलको सदस्यका रूपमा रहेका छन्।

गैह्रीधारा स्थित सिल्भर ओक पार्टी प्यालेसमा सम्पन्न हुने निर्वाचनले आगामी २ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ। अध्यक्ष राजु निरौला नेतृत्वमा दुई वर्ष अघि निर्वाचित कमिटीले आजकै बैठकलाई अन्तिम कार्यसमिति बैठक भन्दै निर्वाचनको कार्यभार पुरा गर्नका लागि आजै निर्वाचन मण्डललाई माइन्युट हस्तान्तरण गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड