काठमाडौँ- विदेश अध्ययनको भरपर्दो शैक्षिक परामर्श संस्था प्यासन फाउण्डेशनले राउटे बस्तीमा पुगेर फलफूल वितरण गरेको छ । शनिबार कर्णाली प्रदेशको दैलेख पुगेर प्यासन फाउण्डेशनका संचालक पुस्पराज पहराईले फलफूल वितरण गरेका हुन् ।
लोपउन्मुख राउटे समूदायको स्वास्थ्यलाई मध्यनजर गर्दै फलफूल वितरण गरिएको पहराईको भनाई छ । ‘राउटे समूदायलाई धेरैले कुलतमा फसाउने काम गरे । हामीले उहाँहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै फलफूल ल्याएर वितरण गरेका छौँ ।’, प्यासन फाउण्डेशनका संचालक पहराईले भने ।
प्यासनले स्याउ, सुन्तला र केरासहित दुई दर्जन काटुन वितरण गरेको थियो । फलफूल वितरण सतहमा देखिएको भएपनि उनीहरुलाई स्वास्थ्य चेतना अभिवृद्धिका लागि राउटे बस्ती पुगेको पहराईको भनाई छ । ‘उहाँहरुको स्वास्थ्य दिनानौँ दिन विग्रोदो छ । यो समूदायका मानिसहरुको जनसंख्या विभिन्न स्वास्थ्य समस्याका कारणले घट्दो छ ।’, उनले भने, ‘उहाँहरुको अस्तित्व रक्षाका लागि जनचेतना जगाउन हामी यहाँ आएका हौँ । हाम्रो प्रयासले उहाँहरु उत्साहित हुनु भएको छ । खुशी हुनुहुन्छ ।’
नियमित सरसफाइमा ध्यान दिन, खानेकुरा राम्रोसँग पठाएर खान, खाना अघि र चर्पि गरिसकेपछि साबुन पानी मिचीमिची हात धुन सल्लाह दिएको उनको भनाई छ । १० बर्षअघि काठमाडौंको बागबजारमा खुलेको प्यासन फाउण्डेशनले राजधानीसहित देशभर ७ वटा शाखा विस्तार गरेको छ । राजधानीको बागबजार, पुतलीसडक, गंगबु, चावहिल, सामाखुशीमा शाखाहरु रहेका छन् भने राजधानी बाहिर कपिलबस्तु र बुटवलमा प्यासन फाउण्डेशनले शाखा विस्तार गरेको छ ।
प्यासन फाउण्डेशनले जापानसहित अस्ट्रेलिया, क्यानडा, बेलायत, अमेरिका, दक्षिण कोरिया लगायतका देशहरुमा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श दिइरहेको छ भने विद्यार्थीको सहजताको लागि भिसा प्रोसेसिङ र डकुमेन्टेशनको काम पनि गरिरहेको छ ।