Matra Education आइतबार, साउन १० २०८३

साइग्रेस पोखरेल बिग एजुकेसन कन्सल्टेन्सीको सद्भावना दूत नियुक्त

साइग्रेस पोखरेल बिग एजुकेसन कन्सल्टेन्सीको सद्भावना दूत नियुक्त

  • मात्र एजुकेशन
  • बुधबार, माघ ९ २०८१


काठमाडौँ- आफ्नो अद्वितीय वाचन शैलीका कारण युवा पुस्ता माझ लोकप्रिय साइग्रेस पोखरेल शैक्षिक परामर्श दातृ संस्था बिग एजुकेसन कन्सल्टेन्सीको सद्भावना दूत नियुक्त भएका छन् । बुधवार नयाँ बानेश्वर स्थित इन्द्रेणी बैंकेटमा आयोजित एक समारोहका बिच यस सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो। सम्झौतामा हस्ताक्षर भए सँगै पोखरेल संस्थाको सद्भावना दूत बनेका छन् ।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष शेषराज भट्टराई सहित पदाधिकारीहरू, सञ्चारकर्मीहरू, परामर्श व्यवसायीहरू तथा बिग एजुकेसनका शुभचिन्तकहरू माझ हस्ताक्षर समारोह सम्पन्न भएको हो। सद्भावना दूत बने सँगै आजै पोखरेलले बिग एजुकेसनका विद्यार्थीहरू सँग अन्तरक्रिया पनि गरेका छन्।

प्रत्येक विद्यार्थीले अलग किसिमको कथा बोकेको हुने र आफ्नो अध्ययन सपना पुरा गर्न उसले गर्ने त्याग, समर्पण र त्यसले दिलाएको सफलता बारे आम विद्यार्थीलाई साइग्रेसको आवाजमा जानकारी दिएर उत्प्रेरित गर्न उनलाई सद्भावना दूत छानिएको बिग एजुकेसनले जनाएको छ।

कार्यक्रममा इक्यानका प्रथम उपाध्यक्ष लक्ष्मण पौडेल ‘एन्ड्रयु’ र महासचिव दिपक राज भुसालले शुभकामना दिएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका इक्यान अध्यक्ष भट्टराईले विश्वका प्रतिष्ठित शैक्षिक संस्थामा नेपाली विद्यार्थीको अध्ययन प्रक्रिया सहज बनाउन बिग जस्ता परामर्श व्यवसायीको भूमिकाको चर्चा गरे। शैक्षिक परामर्श व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन इक्यानले काम गरिरहेको उल्लेख गरेका उनले नेपाली विद्यार्थीको भविष्य निर्माणमा आफूहरू लागिरहेको बताए। आफू इक्यान अध्यक्ष भइसकेपछि १० वटा भन्दा बढी संस्थाले विभिन्न क्षेत्रका प्रसिद्ध व्यक्तिहरूलाई सद्भावना दूत बनाइसकेको बताएका उनले साइग्रेस जस्ता शिक्षा र सिर्जनात्मकताको संगम बन्ने व्यक्ति आउँदा त्यसले अझ विशेष महत्त्व राख्ने उल्लेख गरे। आफूहरू ‘नलेज इकोनोमी’ को वकालत गरिरहेको भन्दै भट्टराईले विदेश अध्ययन गरेकाहरू नेपाल फर्किएर देश विकासमा लाग्नुपर्ने धारणा राखे। उनले बिग र साइग्रेसको यो सहकार्य दुवैका लागि लाभदायक बनोस् भन्ने कामना गरे।

सद्भावना दूत बनेपछि कार्यक्रममा आफ्नो धारणा राखेका साइग्रेसले अगाडि आउन नसकेका कथाहरूका लागि आवाज बन्ने आफ्नो प्रयास रहेको बताए। एउटा सुन्दर कथा र उदाहरण सहित भनाई सुरु गरेका उनले व्यवसायमा नैतिकताको आवश्यकतामा विशेष जोड दिए। आफू विदेश अध्ययन गर्न जाँदाको अनुभव बाँड्दै परामर्श व्यवसायमा देखिएका समस्या उजागर गरेका उनले विदेश जाने विद्यार्थीका लागि व्यवसायीहरूले जिम्मेवारी लिएर काम गर्नुपर्नेमा जोड दिए। आफू कन्सल्टेन्सीको वकालत गर्न मात्रै नभई नेपाली विद्यार्थीको नभनिएको कथा भन्न र यथार्थ देखाउन सद्भावना दूत बनेको उनले बताए।

बिग एजुकेसन कन्सल्टेन्सीकी प्रबन्ध निर्देशक सर्मिला केसीले साइग्रेसलाई बिग परिवारमा स्वागत गरिन्। उनले यो क्षण ऐतिहासिक भएको भन्दै साक्षी बन्न उपस्थित हुने सबै प्रति आभार प्रकट गरिन्। साइग्रेस सँगको यो सहकार्यले हजारौँ नेपाली विद्यार्थीहरूको विदेश अध्ययनको सपना पुरा गर्न सकारात्मक योगदान दिने विश्वास उनको थियो।

कार्यक्रमका तस्बिरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड