Matra Education सोमबार, साउन ११ २०८३

आइसीसीसी क्यानडा समिट २०२५ सफलतापूर्वक सम्पन्न

आइसीसीसी क्यानडा समिट २०२५ सफलतापूर्वक सम्पन्न

  • मात्र एजुकेशन
  • बिहिबार, पौस २५ २०८१


काठमाडौँ- क्यानडा अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीहरूका लागि नेपालकै सबैभन्दा अनुभवी र सर्वाधिक विश्वासिलो परामर्श केन्द्र इन्टरनेसनल करियर काउन्सिलिङ सेन्टर (आइसीसीसी) ले ‘क्यानडा समिट २०२५’ सफलतापूर्वक सम्पन्न गरेको छ। बिहीबार संस्थाको पुतलीसडक कार्यालयमा आयोजित कार्यक्रम २०० भन्दा बढी विद्यार्थीहरूको क्यानडा अध्ययन सम्बन्धी जिज्ञासा मेटाउँदै सम्पन्न भएको हो।

कार्यक्रम बिहान ११:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म सञ्चालन भएको थियो। समिटमा क्यानडाका प्रसिद्ध शैक्षिक संस्थाहरू सेन्टेनियल कलेज, लेकहेड युनिभर्सिटी, एसएआईटी, दरहम कलेज, सेनेका पोलिटेक्निक र जर्जियन कलेजका प्रतिनिधिहरूसँग अन्तरक्रिया गर्ने अवसर सहभागीले पाएका थिए। उनीहरूले क्यानडाको भिसा प्रक्रियाबारे जानकारी प्राप्त गर्नुका साथै विशेषज्ञहरूसँग आफ्ना शैक्षिक योजनाहरूमा मार्गदर्शन लिएका थिए।

कार्यक्रम पश्चात् प्रतिक्रिया दिँदै आइसीसीसीका प्रबन्ध निर्देशक (एमडी) राम खड्काले समिटले क्यानडा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरूका लागि महत्त्वपूर्ण ज्ञान र अवसर प्रदान गरेको बताए। ‘आजको कार्यक्रममा क्यानडाका प्रतिष्ठित शैक्षिक संस्थाका प्रतिनिधिहरूसँग विद्यार्थीहरूले प्रत्यक्ष अन्तरक्रिया गर्न पाए जसले उनीहरूको क्यानडा अध्ययनको मार्ग स्पष्ट बनाउन मद्दत पुर्‍यायो। क्यानडाको भिसा प्रक्रिया, छात्रवृत्ति अवसरहरू र करियर योजना बनाउने बारे विस्तृत जानकारी प्रदान गरिएको हुँदा कार्यक्रम फलदायी रह्यो।’ खड्काले भने।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले पनि समिटले आफूहरूलाई क्यानडा अध्ययन सम्बन्धी महत्त्वपूर्ण जानकारी उपलब्ध गराएको भन्दै आयोजकलाई धन्यवाद दिए। ‘धेरै परामर्शदाताहरूले विदेश जानका लागि मात्रै प्रेरित गर्ने गरेका छन्। तर, आइसीसीसीले भने क्यानडाको वास्तविक अवस्था जानकारी गराई तयारी गराएको छ,’ उनीहरूले भने। क्यानडामा अध्ययन गर्नका लागि आइसीसीसी उत्कृष्ट छनोट रहेको उनीहरूको साझा धारणा थियो।

कार्यक्रममा सहभागिता जनाएका कलेजका प्रतिनिधिहरूले पनि आफूहरूले अपेक्षा गरेभन्दा धेरै उत्साहित सहभागीहरू भेटेकोमा खुसी व्यक्त गरे। एक कलेजका प्रतिनिधिले मात्र एजुकेसन सँगको संवादमा भने, ‘नेपालका विद्यार्थीहरूमा क्यानडाको उच्च शिक्षाप्रतिको चासो र लगाव देख्दा अत्यन्त खुसी लाग्यो। आइसीसीसीको व्यवस्थापन उत्कृष्ट थियो जसले हामीलाई विद्यार्थीहरूसँग प्रभावकारी अन्तरक्रिया गर्न सहयोग गर्‍यो।’

अर्को विश्वविद्यालयका प्रतिनिधिले भने, ‘विद्यार्थीहरूले आफ्नो अध्ययन र करियरका लागि सधैँ चासो राख्ने विषयहरूमाथि गहन प्रश्न सोधेका छन् जसले उनीहरूको तयारी स्तर र गम्भीरता देखाएको छ। यस्तो कार्यक्रमले सही दिशा प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्छ।’

आइसीसीसीले भविष्यमा यस्ता कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउन निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। कलेजका प्रतिनिधिहरूले पनि आइसीसीसी सँगको सहकार्यलाई अझ सुदृढ बनाउँदै अगाडि बढ्ने बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड