काठमाडौँ- बागबजार स्थित निर्वाना काउन्सिलिङ सेन्टरले आयोजना गरेको ‘निर्वाना अस्ट्रेलिया एडमिसन डे’ सफलतापूर्वक सम्पन्न भएको छ। बुधवार संस्थाको कार्यालय परिसरमा आयोजित एडमिसन डेमा अस्ट्रेलियाका विभिन्न प्रतिष्ठित शैक्षिक संस्थाका प्रतिनिधिहरूले उक्त गन्तव्य अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीहरूलाई परामर्श प्रदान गरेका थिए। कुल ११२ जना विद्यार्थीहरूले कार्यक्रममा सहभागिता जनाएर अस्ट्रेलिया अध्ययन सम्बन्धी आफ्नो जिज्ञासा मेटाएको आयोजकले जनाएको छ।
अध्ययनका लागि अस्ट्रेलिया जाने चाहाना भएका तर प्रक्रिया जटिल लागेर दुबिधामा परेका विद्यार्थीलाई समयमै स्तरीय परामर्श दिनका लागि आयोजित कार्यक्रम आफ्नो उद्देश्य पुरा गर्न सफल भएको निर्वानाले जनाएको छ। कार्यक्रममा सहभागी विद्यार्थीहरूले ‘अन स्पट एडमिसन’, भाषा कक्षामा छुट, सेवा शुल्कमा छुट र कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधि बाट उचित परामर्श र सही मार्गनिर्देशन लगायतका सुविधा प्राप्त गरेका थिए । त्यस्तै सहभागी प्रत्येक विद्यार्थीले आकर्षक गिफ्ट ह्याम्पर पनि प्राप्त गरेका थिए।
‘निर्वाना अस्ट्रेलिया एडमिसन डे’ को सफलता पश्चात् मात्र एजुकेसन सँग कुरा गर्दै निर्वाना काउन्सिलिङ सेन्टरका प्रबन्ध निर्देशक शिव त्रिपाठीले निर्वानाले विगत देखि नै अस्ट्रेलियाका प्रतिष्ठित शैक्षिक संस्थामा विद्यार्थी पठाउँदै आएको र एडमिसन डे पनि त्यसैको निरन्तरता भएको बताए। विगत केही वर्ष यता अस्ट्रेलियाको नीतिगत परिवर्तनका कारण नेपाली विद्यार्थी कम गएको भन्दै उनले भने, ‘हालै गरिएका केही परिवर्तनहरूले भने अब फेरी अस्ट्रेलिया सहज हुने चर्चा चलेको छ र सोही अनुसार समयमै विद्यार्थीलाई उचित जानकारी दिएर उपयुक्त तयारी गराउनका लागि यो कार्यक्रम राखिएको थियो। ८ वटा प्रतिष्ठित शैक्षिक संस्थाका प्रतिनिधिले परामर्श दिएको हुँदा विद्यार्थीहरूको प्रतिक्रिया समेत हामीले उत्कृष्ट पाएका छौँ। यो कार्यक्रमले राम्रो तयारी गर्ने हो भने अस्ट्रेलिया अध्ययन कठिन छैन भन्ने सन्देश दिएको छ।’ निर्वानाले विद्यार्थीको अधिकतम हितलाई केन्द्रमा राखेर निर्वानाले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने बताए।