Matra Education आइतबार, साउन १० २०८३

एआर एजुकेसन कन्सल्टेन्सीले सम्पन्न गर्‍यो युके विशेष परामर्श कार्यक्रम

एआर एजुकेसन कन्सल्टेन्सीले सम्पन्न गर्‍यो युके विशेष परामर्श कार्यक्रम

  • मात्र एजुकेशन
  • शनिबार, पौस २० २०८१


काठमाडौँ- पछिल्लो समय युके अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरू माझ अत्यन्तै लोकप्रिय परामर्श दाता संस्था एआर एजुकेसन कन्सल्टेन्सीले युके विशेष परामर्श कार्यक्रम सम्पन्न गरेको छ। शनिवार संस्थाको नयाँ वानेश्वर स्थित कार्यालयमा आयोजित कार्यक्रम मार्फत एआरले युके अध्ययनको सोचमा रहेका र तयारी गरिरहेका विद्यार्थीहरूलाई उक्त अध्ययन गन्तव्य बारे आधिकारिक जानकारी गराएको हो। बिहान १० बजे देखि साँझ ५ बजेसम्म सञ्चालित उक्त जानकारी सत्र ७० भन्दा बढी विद्यार्थीहरूको उत्साहजनक सहभागितामा सम्पन्न भएको जानकारी आयोजकले दिएको छ।

‘युके काउन्सिलिङ इभेन्ट विथ ब्रिटिस काउन्सिल सर्टिफाइड काउन्सिलर्स’ नाम दिइएको उक्त कार्यक्रममा विद्यार्थीहरूले अध्ययन गन्तव्यका रूपमा युके, त्यहाँका शैक्षिक संस्थाहरू, अध्ययन शुल्क, छात्रवृत्ति, युकेको बसाइ, त्यहाँका अवसर र चुनौतीहरू बारे जानकारी प्राप्त गरेका थिए। उपस्थित विद्यार्थीहरूले एआरका ब्रिटिस काउन्सिल प्रमाणित दक्ष तथा अनुभवी परामर्श दाताहरू बाट युके अध्ययनका विविध आयामहरू बारे जानकारी प्राप्त गरेका हुन्। उनीहरूले ‘वान टु वान काउन्सिलिङ’ (प्रत्येक विद्यार्थीले छुट्टा छुट्टै परामर्श दातालाई भेटेर आफ्नो जिज्ञासा मेटाउने) को अवसर प्राप्त गरेका थिए। त्यस्तै विभिन्न मनोरञ्जनात्मक खेलहरूमा सहभागिता जनाउने, हाजिरीजवाफमा भाग लिएर पुरस्कार जित्ने मौका पनि एआरमा प्राप्त गरेका थिए।

कार्यक्रम बारे मात्र एजुकेसनलाई जानकारी दिँदै एआर एजुकेसन कन्सल्टेन्सीकी महाप्रबन्धक संजना पाण्डेले युके अध्ययनको सोच भएका तर परामर्श लिन नभ्याएकाहरूलाई विशेष सुविधा दिने उद्देश्यले शनिवार कार्यक्रम आयोजना गरिएको बताइन्। युके अध्ययन सम्बन्धी जिज्ञासा मेटाउने उद्देश्यले कार्यक्रम राखिएको र विद्यार्थीहरूको उत्साहजनक सहभागिताले कार्यक्रम सफल भएको उनले बताइन्। आफ्नो दक्ष कर्मचारीको सक्रिय भूमिकाले कार्यक्रम अर्थपूर्ण बनेको भन्दै उनले अगाडी थपिन्, ‘आज कविता लामा थोकर, साधना मल्ल, प्रतिष्ठा दुलाल र श्रेजा खतिवडा लगायत काउन्सिलरहरुको भूमिका विशेष रह्यो। त्यस्तै साथीहरू आस्था खतिवडा, बेबी पौडेल, सबिना सिजाली मगर र गणेश बस्नेत क्षेत्रीले पनि कार्यक्रम सफल बनाउन अर्थपूर्ण भूमिका खेल्नुभयो। सबैलाई म धन्यवाद दिन चाहन्छु।’ उनले सहभागी विद्यार्थीहरूले पनि कार्यक्रम बारे सकारात्मक प्रतिक्रिया दिएको बताइन्।

कार्यक्रममा भेटिएका विद्यार्थीहरूले युके अध्ययन सम्बन्धी महत्त्वपूर्ण जानकारीहरू प्राप्त गरेको भन्दै आयोजकलाई धन्यवाद दिए। धेरै परामर्श दाताहरूले विदेश जानका लागि मात्रै प्रेरित गर्ने भए पनि एआरले भने त्यहाँको सबै वस्तुस्थिति जानकारी गराइदिएर आफूलाई तयार बनाएको भन्दै उनीहरूले विशेष आभार प्रकट गरे। विदेश अध्ययन गर्नका लागि एआर उत्कृष्ट छनोट भएको उनीहरूको भनाई थियो।

कार्यक्रम पश्चात् प्रतिक्रिया दिँदै एआर एजुकेसन कन्सल्टेन्सीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सन्देश मणि अधिकारीले एआर आज युके जाने विद्यार्थीहरू माझ विशेष लोकप्रिय बनेको बताए। आजको कार्यक्रममा सामान्य अवस्थामा गरिने जस्तो परामर्श मात्रै दिइएको नभई प्रत्येक शैक्षिक संस्था र प्रत्येक कोर्सका बारेमा विस्तृत जानकारी गराइएको उनले बताए। विशेष गरी युके अध्ययन गर्न जाँदा कुन शैक्षिक संस्थामा जाने? कस्तो विषय छान्ने ? छात्रवृत्तिका अवसरहरू कसरी प्राप्त गर्ने ? र उत्कृष्ट शैक्षिक नतिजा कसरी निकाल्ने भन्ने विषयमा महत्त्वपूर्ण जानकारी विद्यार्थीहरूलाई दिइएको उनको भनाई थियो। अधिकारीले आज सहभागी हुन नसकेका विद्यार्थीहरूले पनि एआरका विभिन्न स्थानमा रहेका शाखाहरू मार्फत स्तरीय परामर्श र भाषा कक्षाको सुविधा लिन सक्ने बताए। अपेक्षा गरेभन्दा निकै उत्कृष्ट तरिकाले कार्यक्रम सम्पन्न भएको भन्दै उनले सम्बन्धित सबै प्रति आभार प्रकट गरे ।

त्यस्तै एआरका प्रबन्ध निर्देशक रोविन शर्माले यस अघिका कार्यक्रमहरु जस्तै यो कार्यक्रम पनि अपेक्षित भन्दा बृहत रुपमा सफल भएको प्रतिक्रिया दिए । आगामी जनवरी ११ तारिखमा एआरको पुतलीसडक कार्यलय र १८ तारिखमा कुमारीलाटी कार्यलयमा समेत यस्तै कार्यक्रम राखिएकाले आज छुटेका विद्यार्थीहरु त्यहाँ पनि सहभागी हुनसक्ने उनको भनाइ थियो। त्यस बाहेक अन्य समयमा पनि विद्यार्थीहरूले एआरका विभिन्न स्थानमा रहेका शाखाहरू मार्फत स्तरीय परामर्श र भाषा कक्षाको सुविधा लिन सक्ने उनले बताए। ।

छोटो समयमै आफ्नो अलग पहिचान स्थापित गर्दै विश्वसनीय परामर्शदाताको पहिचान बनाएको एआर एजुकेसन कन्सल्टेन्सी तपाईँका लागि उपयुक्त परामर्श दाता हुन सक्छ। युके सहित अन्य विभिन्न देशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरूलाई सेवा दिँदै आएको यस संस्थाबारे थप जानकारीका लागि यहाँ क्लिक गरेर फेसबुक पेज सँग जोडिन सक्नुहुन्छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड