Matra Education आइतबार, साउन १० २०८३

आइडिबि ग्लोबलमा ‘स्टडी इन भाषा युनिभर्सिटी इन्फो सेसन’ सम्पन्न

आइडिबि ग्लोबलमा ‘स्टडी इन भाषा युनिभर्सिटी इन्फो सेसन’ सम्पन्न

  • मात्र एजुकेशन
  • बिहिबार, मंसिर २० २०८१


काठमाडौँ- फिनल्यान्ड अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीहरू माझ सर्वाधिक लोकप्रिय परामर्श दाता संस्था आइडिबि ग्लोबल सर्भिसेसले ‘स्टडी इन भाषा युनिभर्सिटी इन्फो सेसन’ सम्पन्न गरेको छ। बुधवार न्युप्लाजा स्थित संस्थाको प्रधान कार्यालयमा आयोजित कार्यक्रम फिनल्यान्ड अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थी लक्षित थियो। त्यसमा पनि विशेषत फिनल्यान्डको प्रतिष्ठित भाषा विश्वविद्यालयमा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीले कार्यक्रमको लाभ लिएका थिए। कार्यक्रममा करिब ६० जना विद्यार्थीहरूले परामर्श लिएको आयोजकले जनाएको छ।

उपस्थित विद्यार्थीहरूले भाषा विश्वविद्यालयका दक्षिण एसिया रिजनल एडभाइजर बिर्जु पटेल सँग परामर्श लिने र प्रत्यक्ष साक्षात्कार गर्ने मौका पाएका थिए। पटेलले भाषा विश्वविद्यालयको बारेमा सम्पूर्ण जानकारीहरू सहभागीलाई दिएका थिए भने फिनल्यान्ड अध्ययन बारे उनीहरूले उठाएका विभिन्न जिज्ञासाको समाधान गरेका थिए। विश्वविद्यालयकै आधिकारिक प्रतिनिधि सँग परामर्श लिन पाउँदा सहभागी विद्यार्थीहरू उत्साहित देखिन्थे।

उक्त जानकारी सत्र बारे मात्र एजुकेसन सँग कुरा गर्दै आइडीबि ग्लोबल सर्भिसेसका प्रबन्ध निर्देशक ईश्वर घिमिरेले नेपालका लागि भाषा विश्वविद्यालयको आधिकारिक प्रतिनिधि आइडीबि ग्लोबल भएको जानकारी दिए। उनले पछिल्लो समय फिनल्यान्ड नेपाली विद्यार्थीहरूका लागि आकर्षक शैक्षिक गन्तव्य बन्दै गएको हुँदा यस बारे सही जानकारी दिनुपर्छ भन्ने उद्देश्यका साथ विश्वविद्यालय कै प्रतिनिधि ल्याएर कार्यक्रम आयोजना गरिएको बताए। विद्यार्थीलाई उपयुक्त परामर्श प्रदान गर्ने, फिनल्यान्डको गुणस्तरीय शिक्षामा नेपाली विद्यार्थीको पहुँच पुर्‍याउने र अधिकतम लाभ उनीहरूलाई प्रदान गर्ने उद्देश्यमा कार्यक्रम सफल भएको उनको भनाई थियो।

कार्यक्रमका थप केही तस्बिरहरू यहाँ क्लिक गरेर हेर्न सकिन्छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड