काठमाडौँ- अस्ट्रेलियामा आयोजना हुन लागेको सांगीतिक कार्यक्रम ‘द सत्य-स्वरूप शो’ को भिसा पार्टनरका रूपमा प्रसिद्ध परामर्श व्यवसायी होराईजन एसोसियट्स प्रा. ली रहने भएको छ। डिसेम्बर ६ मा अस्ट्रेलियाको सिड्नी स्थित ग्रयानभिल टाउन हलबाट सुरु हुने गायक सत्यराज आचार्य र स्वरूपराज आचार्यको यो कार्यक्रम अस्ट्रेलियाका विभिन्न सहरहरूमा आयोजना हुनेछ।
सिड्नीमा सुरु हुने यो कार्यक्रम डिसेम्बर ९ मा न्यु क्यासल, डिसेम्बर १५ मा क्यानबेरा र डिसेम्बर १६ मा उलंगनमा सम्पन्न हुनेछ। कार्यक्रमको व्यवस्थापन द स्तुपा टेस्ट अफ नेपाल उलंगनले गरेको छ भने ट्राभल पार्टनरमा एभरेस्ट ट्राभल प्रा. ली. रहेको छ।
कार्यक्रम आयोजक फ्लेभर्स अफ नेपालका राजेश केसीका अनुसार शोको तयारी पूरा भइसकेको छ। गायक सत्यराज र स्वरूपराजले लामो समयपछि अस्ट्रेलियामा प्रस्तुति दिन पाउँदा उत्साहित रहेको बताएका छन्।
यो कार्यक्रमले नेपाली सांगीतिक स्वादलाई अस्ट्रेलियामा प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।