काठमाडौँ- क्यानडामा अध्ययनका लागि जाने नेपाली विद्यार्थीहरूका लागि नेपालकै सबैभन्दा अनुभवी र विश्वासिलो परामर्श केन्द्र इन्टरनेशनल करियर काउन्सिलिङ सेन्टर (आईसीसीसी) ले ‘प्रि-डिपार्चर सेसन’ सम्पन्न गरेको छ। शनिवार संस्थाको पुतलीसडक स्थित कार्यालयको सभाहलमा आयोजित एक भव्य समारोहका बिच जनवरी २०२५ इन्टेकका लागि क्यानडा जान लागेका विद्यार्थीहरूलाई अभिमुखीकरण गरिएको हो।
कार्यक्रममा ५० भन्दा बढी विद्यार्थीहरूलाई के गर्ने ? के नगर्ने ? लगायत विषयहरूमा जानकारी गराइएको थियो। गन्तव्य देशमा सांस्कृतिक अनुकूलन, यात्रा तयारी र बसोबास सम्बन्धी महत्त्वपूर्ण जानकारी प्रदान गर्दै कार्यक्रम सम्पन्न गरिएको थियो। कार्यक्रममा विद्यार्थीहरूले उल्लेखित विषयहरूमा आईसीसीसीका विशेषज्ञहरूको सुझाव सुन्ने र आफ्ना जिज्ञासाहरू मेटाउने अवसर पाएका थिए।
कार्यक्रमलाई संस्थाका प्रबन्ध निर्देशक राम खड्का, आर.सि.आइ.सि कृति खनाल लगायतले सम्बोधन गरेका थिए।
प्रबन्ध निर्देशक खड्काले आईसीसीसीले आफ्ना विद्यार्थीको अधिकतम हितलाई सधैँ उच्च प्राथमिकतामा राखेको र यो कार्यक्रम पनि त्यसैका निम्ति आयोजना गरिएको बताए। उनले भने, “विद्यार्थीहरूलाई विदेश जानुअघि आवश्यक जानकारी र तयारी गराउन यस्ता कार्यक्रमहरूले महत्त्वपूर्ण भूमिका खेल्छन्। क्यानडामा नयाँ जीवन सुरु गर्नु अघि विभिन्न पक्षहरूको राम्रो जानकारी हुनु जरुरी छ। एउटा विश्वासिलो परामर्शदाताको रूपमा हाम्रो जिम्मेवारी विद्यार्थीहरूलाई विदेश अध्ययनको लागि पूर्ण रूपमा तयार पार्नु हो। यस्ता सत्र मार्फत हामी उनीहरूका सबै आशङ्का र जिज्ञासाहरू समाधान गर्न र उनीहरूको यात्रा आत्मविश्वासका साथ सुरु गर्न मद्दत गर्न प्रतिबद्ध छौँ।” खड्काले सबै विद्यार्थीलाई यात्रा सफलता र सुनिश्चित भविष्यको शुभकामना पनि दिए।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले पनि कार्यक्रम उत्कृष्ट भएको प्रतिक्रिया दिए। ती मध्यका एक विद्यार्थीले मात्र एजुकेसन सँग भने, “कार्यक्रमले मेरो यात्राको तयारीलाई धेरै सहज बनायो। मैले धेरै महत्त्वपूर्ण जानकारीहरू पाएँ। त्यति मात्रै होइन यति जिम्मेवार परामर्श व्यवसायी छानेकोमा म आफ्नै निर्णय प्रति खुसी छु।”
अर्की एक छात्राले आर.सि.आइ.सि.को प्रत्यक्ष निगरानीमा आवेदन प्रक्रिया सहज रूपमा सकिएको र भिसा प्राप्त गरेर अब जाने तयारीमा रहेको बताइन्। उनले क्यानडा गएपछि समेत आईसीसीसीले सकेको सहयोग गर्ने प्रतिबद्धता जनाएकाले आफू अझै बढी उत्साहित रहेको बताइन्।
आईसीसीसी क्यानडा अध्ययन गर्ने विद्यार्थीहरूलाई उपयुक्त परामर्श दिने अग्रणी परामर्शदाता हो। संस्थाले यस किसिमका थुप्रै कार्यक्रमहरू आयोजना गर्ने गरेको छ। थप जानकारीको लागि आईसीसीसीको वेबसाइट, फेसबुक, इन्स्टाग्राम, र युट्युबमा फलो गर्न सकिन्छ।
